शुक्रबार, भदौ ३ २०७९
काठमाडौं २३:५६
वासिङटन डिसी 14:11

पुर्व प्रधानमन्त्रीको प्रेम प्रस्ताव, लजाउँदै गरे खुलासा, झलनाथको घर पुग्दा जे देखियो जस्ताको त्यस्तै…(हेर्नुहोस् भिडियो)

इनेप्लिज २०७५ मंसिर २६ गते २१:३५ मा प्रकाशित

मन्त्रालयको जिम्मेवारी सम्हालेपछि चुरोट पिउन छोडेको पुर्व प्रधानमन्त्री झलनाथ खनालले खुलासा गरेका छन् । पुर्व प्रधानमन्त्री, नेकपा बरिष्ठ नेता तथा सांसद् झलनाथ खनालले पहिलो पटक मन्त्रालयको जिम्मेवारी सम्हालेपछि चुरोट पिउन छोडेको खुलासा गरेका हुन् ।

वि.स. २०४६ सालको परिवर्तनपछि उनले पहिलो पटक मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । उनले त्यती बेलामा कृषी, भुमि व्यवस्था, वन तथा वातारण मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।

मन्त्रीको हैसियतमा वातावरण दिवसको अवसरमा आयोजना भएको कार्यक्रममा सहभागी भएर चुरोट पिउन हुँदैन भन्दै भाषण गरेको दिनदेखि चुरोट छाडेको उनले बताए । उनले साथीहरुसँगको रमाईलोमा कहिले काँही मदिराको चुस्की भने लगाउने गरेको जानकारी दिएका छन् ।

डल्लुमा रहेको उनको निवासमै कुराकानी गर्दै उनले चाँडै आफ्नो गीति संग्रह सार्वजनिक गर्ने तयारी भइरहेको पनि बताएका छन् । फुर्सदको बेलामा उनले गीत, कविता लेख्ने गरेका छन् ।

प्रतिक्रिया