विश्वास नै गर्न गाह्रो ! गाडी देखि स्कुटरसम्म सरर चलाउन सक्छन यी ८ वर्षिय बालक, आफुमात्र हैन अरुलाई पनि सिकाउँछन् [हेर्नुहोस भिडियो सहित्]

इनेप्लिज २०७५ मंसिर २६ गते १४:०७ मा प्रकाशित

पिएनपिखबर, भक्तपुर : काठमाडौँमा एकजना अचम्मका बालक छन् । उनी आजकाल आकर्षणका केन्द्र बनिरहेका छन् । यी ८ वर्षीय बालकसँग एक अद्भुत क्षमता छ। उनको नाम हो कृजल थापा।

यति कलिलो उमेर मै कार देखि स्कुटीसमेत सजिलै चलाउन सक्छन। उनले सजिलै गाडी चलाको देखेर सबै दङ्ग पर्छन। कृजलका बाबुको आफ्नै ड्राईभिङ सेन्टर छ। उनले त्यस ड्राईभिङ सेन्टरमा अरुले चलाएको देख्दा देख्दै आफै चलाउन सिकेका हुन्।

अझ अचम्म लाग्ने कुरा के छ भने उनी आफुमात्र हैन अरुलाई पनि गाडी चलाउन सिकाउने गर्छन। उनका बाबु उनले सानो उमेरमै यति साहसका साथ् गाडी चलाएको देख्दा धेरै गर्भ महसुस गर्छन। उनी ड्राईभिङमा देखि पढ्नमा पनि अब्बल छन्। कृजलको भविष्यमा पाइलट बन्ने सपना छ।

बाँकी हेर्नुहोस भिडियोमा

प्रतिक्रिया