अमेरिकाले ढाट्नेलाई चिहानघारीबाट ब्यूताएर समेत बयान लिन्छ ;ढाट्नु अघि सयौ पटक सोचौ

विजय थापा २०७५ मंसिर २६ गते १:४९ मा प्रकाशित

 

अमेरिका आएकाले ढाट्नु हुदैन । सामान्य कुरामा ढाट्ने भन्ने कुरा अलक हुन्छ ,त्यो पनि साथीभाईमा या घरपरिवारमा । तर अमेरिकामा जीवन यापन गर्ने सवालमा भने कहिले झुट बोल्नु हुदैन । जीवनमा कसैले पनि झुटो बोल्न नपरोस । झुट नबोल्नु नै उत्तम । जब हामी अमेरिका जाने योजना बनाउछौ अमेरिकाका कुराहरु थाहा पाउनु पर्छ ।

हुन् त सामाजिक संजाल मार्फत अमेरिकाको बारेमा मानिसलाई धेरै भन्दा धेरै कुरा थाहा भएको हुन्छ । यस्को अतिरिक्त हरेक मानिसका कोही न कोही परिवार ,आफन्त ,साथीभाई अमेरिकामा बसोबास गर्दछन । तर अमेरिका नपुगी र अनुभव नगरी धेरै कुराहरु थाहा हुदैन । भनेको भरमा जानीदैन ।

धेरै कुराहरु जान्न महत्वपूर्ण हुन्छ l अमेरिका कानुनी या अन्य तरिका बाट छिरेता पनि हामी नेपालीहरु यतै बस्न चाहन्छौ । सवै वर्ग ,पेशा ,उमेरका नेपालीहरु आउने हुनाले अमेरिकामा कस्ता कुराहरु होसियार हुनु पर्छ । सावधान र सतर्क हुनु पर्छ । कस्ता कुराहरुमा संबेदनशिल हुनु पर्छ । झुट बोल्दा के परिणाम आउछ । त्यस बारेमा जान्न जरुरि हुन्छ । यस बारेमा हामी सबैलाई थाहा हुन्छ । अमेरिकामा बस्ने योजना बनाए पछि जव कागजात तथा अन्य कुराहरुको तारतम्य मिलाउने क्रममा धेरै कुराबाट जोगिनु पर्छ । निकै बुद्धिमता पूर्ण रुपमा अमेरिकी सरकार संग कागजात पेश गर्ने तर्फ ध्यान दिनु पर्छ ।

र कहिलेपनि झुटको सहारा लिनु हुदैन । झुटो कहिले नकहिले बाहिर आउने छ । एकल रुपमा आएका पुरुष या महिलाले सकिन्छ भने पति पत्नी बीच पनि अमेरिकामा आएर कसरी कागजात गरे भन्ने बिषयमा नभन्दा पनि हुन्छ । अत्यन्तै गोप्य हुनु पर्छ । किनभने यस्ता कुराको पर्दाफास भएमा सबै कुरा समाप्त हुन्छ । अमेरिकाले ढाट्नेलाई चिहानघारीबाट समेत ब्युझाउछ भने ढाट्नु अघि सयौ पटक सोच्नु पर्ने हुन्छ । अमेरिकाले ढाटेको कुरा पत्ता लगाउन स्वर्गमा पुगेको मानिसलाई पनि छोड्दैन । अर्थात् यति सशक्त र व्यापक गहिरो अनुसन्धान हुन्छ कि हामी कल्पना पनि गर्न सक्दैनौ ।

जे या जसो गरेर भएता पनि कागजात बनेको कुरा लाई दबाएर नै राख्दा राम्रो हुन्छ । आफ्ना सहोदर दाजुभाई ,दिदीबहिनी ,नजिकका साथीभाई या जो सुकैलाई पनि कुरा या गाठो नखोल्दा नै राम्रो । कहिले पनि भुलेर या जाँड खाँदा या अन्य खुशी भएको बेला होस् या अन्य कुनै मौकामा पनि आफूले अमेरिका बस्नको लागि गरेका प्रयास या अन्य कुराहरुको उच्चारण समेत नगर्नु बेस ।

अमेरिकमा झुट बोलेर बाच्न सकिन्न । कालले छोड्छ तर अमेरिकाले ढाटेको कुरा झन् छिटो पत्ता लगाउछ । ढाट्ने को चोरी कुनै दिन पक्रिन्छ । केहि समय अघि यो पंक्तिकारले अमेरिकामा ६ वटा नक्कली बिहे गरेको आरोपमा एक व्यक्ति पक्राउ भन्ने शिर्षकमा लेखेको लेखमा उनले सन् २००३ देखि अमेरिकालाई ढाट्दै आएका थिए र ती व्यक्ति आखिर पक्राउ खाए ।

यस्ता उदाहरण लाखौ छन् अमेरिकामा । मदिरा सेवन गरेको बेला या आफ्ना अमेरिका आएको ईतिहास भन्दा पनि कागजात बनाउदा गरेको अनेक या बिबिध कुराहरु भुलेर पनि नफुकाउनु होला । साथी शत्रु भयो भने दशा लागेमा देश फर्कनु पनि हुन् सक्छ । तर अमेरिकाले उजुरी पर्ने बित्तिकै चाही सोधपुछ गर्ने भन्ने चाही हुदैन तर शंका लागेमा सोध्नु पर्ने कर्तब्य भए टुप्लुक्क आई पुग्दछन ।

अमेरिकामा केहि बर्ष अगाडी डिसी क्षेत्र निर्वाचन क्षेत्रका जनताका प्रतिनिधि जसले निर्वाचनको क्रममा कसैले दिएको उपहार बिषयमा झुटो बोलेको आरोपमा कारागार गएका छन् । यसै गरि सिकागोका पूर्व गभर्नर पनि झुटो बोल्दा कारागारमा थुनिएका छन् । आर्थिक हिनामिनाको कुरामा झुट बोलका थिए । अर्थात् अमेरिकाले ढाट्नेलाई चिहानघारीबाट समेत ब्युझाउछ भनेको यही हो ।

हामीले नेपालमा सामान्य लाग्ने कुराहरु अमेरिकामा ठूलो रुप लिने हुनाले हामीले ज्ञान लिन्नै पर्छ l नत्र ठूलो दूर्घटना आफ्नै अगाडी आईपर्छ l कारागार ,हतकडी र ज्यान पनि जान सक्ने हुन्छ l

अमेरिका पुगेको दिन देखि नै लागू गर्न सक्यौ भने हामी बुद्धिमानी ठहर्छौ l नत्र परदेशमा दुख पाईन्छ l अमेरिकामा ईमान्दार हुनु पर्छ l ठग्न सक्छु भन्ने मन को कुनै कुन या मस्तिस्कमा नराख्नु नै उत्तम l

अमेरिकामा बसोबास गरि रहेका भन्दा पनि भर्खर अमेरिका आएका तथा आउने योजना भएकाले अमेरिकामा ढाटेमा घातक हुने रहेछ भन्ने बुझ्नु पर्छ ।

बिर्सेर पनि अमेरिकामा कहिले पनि ढाट्नु हुदैन l जति नै बर्ष देखि अमेरिका बसेता पनि ढाटेको रहेछ भने देश निकाला गर्ने सम्भावना हुन्छ l

यो देशमा ईमान्दारी हुनु पर्छ l जे छ त्यही भन्यो भने जीवन उद्धार हुन्छ l ढाट्ने परिकल्पना पनि नर्गनु होला l आफुले जीवनका कुनै कालमा गरेका र अमेरिकामा जुन चीजलाई अत्यन्तै गम्भीर रुपमा लिइन्छ त्यस्ता कुरालाई कतै चुहाउनु भयो भने पनि तपाई फस्ने डर हुन्छ l बिगतमा गरेका कुराहरु माथि शंका भयो भने ठुलो भूमरीमा फस्ने आधार हुन्छ यसमा सावधान हुनु नै बेस l

कमाउन र जीवन बनाउन आएकोले ढाट्ने क्रियाकलाप बाट कोश टाडा रहनु नै फाईदा हुनेछ l स्मरण रहोस ,अमेरिकामा आफूले बनाएका कागजात तथा अन्य कुराहरु जीवन संगिनी संग या जस्तो सुकै मिल्ने साथीभाई संग पनि गोप्य राख्नु नै आफ्नो भलाई हुनेछ । साथीभाई दुश्मन भएमा गोप्य कुराहरु खोलिन सकिने या आफ्नी अर्धांगिनी ले समेत अमेरिकामा पारपाचुके या सम्बन्ध बिच्छेद गरे पछि पोल्ने डर पनि भै रहने हुन्छ ।

यस्तो अवस्थामा अमेरिकाको कान ठाडो भै रहेको हुन्छ । अमेरिकाले थाहा पाउदैन भने कदापी नसोच्नु होला किन भने अमेरिकाले चाहेमा हरेक कुरा पत्ता लगाउदछ । अमेरिकाले ढाट्नेलाई चिहानघारीबाट समेत ब्युझाउछ ;ढाट्नु अघि सयौ पटक सोचौ । सबैको जय होस् ।

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया