प्रदेश नं ५ मा मानव अधिकारको अवस्था सन्तोषजनक भएन् :इन्सेक

इनेप्लिज २०७५ मंसिर २१ गते ११:३२ मा प्रकाशित

नेपालगञ्ज, २१ मङ्सिर: प्रदेश नं ५ मा मानव अधिकारको अवस्था आशालाग्दो नभएको निष्कर्ष निकालिएको छ । इन्सेकले नेपालगञ्जमा गरेको छलफल कार्यक्रमका सहभागीले समाजमा हिंसा, अराजकता, दण्डहिनताको अवस्था विद्यमान भएकाले मानव अधिकारकर्मीले नयाँ ढङ्गबाट काम गर्नुपर्ने सुझावसहित यस्तो निष्कर्ष निकालेका हुन् ।

मानव अधिकारकर्मी, पत्रकार, कानून व्यवसायी, महिला अधिकारकर्मी, द्वन्द्वपीडितको सहभागितामा भएको कार्यक्रममा अधिकारवादी संस्थाले मानव अधिकारको संरक्षण र संवद्र्धनका लागि मिलेर काम गर्नुपर्नेमा जोड दिएका थिए ।

त्यसअवसरमा इन्सेकका केन्द्रीय अध्यक्ष डा इन्दिरा श्रेष्ठले मानव अधिकार सबैको साझा विषय हुनुपर्ने बताउनुभयो । उहाँले नेपालमा अब राजनीतिक अधिकारको आन्दोलन सकिएकाले सामाजिक मुद्दातर्पm अधिकारकर्मीको ध्यान केन्द्रित हुनुपर्ने सल्लाह दिनुभयो ।

कार्यक्रममा अधिकारकर्मी भोला महत, सुरेश गौतम, चन्द्रकान्त चापागार्इं, प्रकाश उपाध्याय, अछरी पोखरेललगायतले बोल्नुभएको थियो ।

विद्युत् विस्तार योजना सञ्चालन

बाँकेको कोहलपुरमा विद्युत् विस्तार शुरु भएको छ । नगर विकास समिति कोहलपुरले आफ्नो नगरक्षेत्रभित्र विद्युत् विस्तार गर्न लागेको हो । झण्डै ३४ वर्षपछि नगर क्षेत्रमा व्यवस्थित विद्युतीकरण योजना कार्यान्वयनमा आएको छ । विद्युत् विस्तारका लागि रु दुई करोड २५ लाख छुट्याइएको नगर विकास समितिका अध्यक्ष अवराज खड्काले जानकारी दिनुभयो ।

नगर विकास समिति कोहलपुर र विद्युत् प्राधिकरणको संयुक्त प्रयासबाट योजना सञ्चालन गरिएको हो । विद्युत् विस्तारका लागि ३५० पोलमा हाइटेन्सन लाइन विस्तार गरिनेछ भने १०० पोलमा लोटेन्सनको लाइन विस्तार गरिने अध्यक्ष खड्काले बताउनुभयो ।

प्रतिक्रिया