कृषि पूर्वाधार र यान्त्रिकीकरणमा सहयोग गर्न आग्रह
काठमाडौँ, मङ्सिर २० गते । सरकारले नेपालको कृषि पूर्वाधार र यान्त्रिकीकरणका लागि सहयोग गर्न अमेरिकालाई आग्रह गरेको छ ।
कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालसँग नेपालका लागि अमेरिकी राजदूत -याण्डी बेरीले आज सिंहदरबारमा गर्नुभएको शिष्टाचार भेटका क्रममा कृषि क्षेत्रमा सहयोगका विविध आयामका बारेमा छलफल भएको हो ।
भेटमा नेपाल र अमेरिकाबीच कृषि तथा पशुपक्षीका क्षेत्रमा हुन सक्ने सहयोग आदान प्रदानका विषयमा छलफल भएको कृषि तथा पशुपक्षी मन्त्रीको सचिवालयले जनाएको छ ।
मन्त्री खनालले कृषि क्षेत्रमा असीमित आवश्यकता भए पनि आफूले सबै आवश्यकताको कुरा नगरी दुई पक्षबीच हुन सक्ने महत्वपूर्ण समझदारीका विषयमा छलफल गर्न सकिने बताउनुभयो ।
नेपालको ठूलो जनसङ्ख्या कृषिमा निर्भर हुँदाहुँदै पनि आधुनिक प्रविधि र यान्त्रिकीकरणसँग जोड्न नसक्दा युवा जनशक्ति विदेशिनु परेकाले त्यो जनशक्तिलाई व्यावसायिक कृषिमा जोड्नु अहिलेको नेपालको आवश्यकता रहेको मन्त्री खनालले बताउनुभयो ।
नेपालमा सबै प्रकारका कृषिउपज उत्पादन हुन सक्ने हावापानी भएकाले त्यो युवा जनशक्तिलाई व्यावसायिक कृषिमा जोड्न सकेमा नेपाल कृषिमा आत्मनिर्भर हुने मन्त्री खनालको भनाइ छ ।
जवाफमा राजदूत बेरीले नेपाल र अमेरिकाबीच लामो सम्बन्ध रहेको भन्दै कृषि क्षेत्रमा आफ्नो देश सहयोग गर्न तयार रहेको बताउनुभयो ।
उहाँले नेपाल सरकारले सहयोगका प्राथमिकता निर्धारण गर्नुपर्नेमा जोड दिनुभयो । नेपालमा चालू रहेका अमेरिकी सहयोगका परियोजनाको संयुक्त टोली बनाएर अनुगमन गर्न पनि सकिने राजदूतको भनाइ थियो ।
अमेरिकाको संसद भवन नजिकैको घेरामा गाडी ठोक्किएपछि एक व्यक्तिले आफै स्वयमलाई गोली हानी आत्महत्या
जेरुसेलममा गोली चल्दा पाँच अमेरिकी सहित ८ जना घाइते,एक गर्भवती महिला समेत घाइते
श्रीकृष्णजन्माष्टमी प्रवचन एवं भजनकीर्तनमा हार्दिक निमन्त्रणा!
अमेरिकी कंग्रेसका प्रतिनिधिमण्डल ताइवान भ्रमणमा
टेक्ससका गभर्नर आबोटले डिसी र न्यूयोर्कमा हजारौ आप्रवासीहरू यात्रियानबाट पठाए
प्रतिक्रिया