अमेरिकामा फुर्तिलोको कदर र अल्छिको किन बदर हुन्छ ?

विजय थापा २०७५ मंसिर २० गते ३:०५ मा प्रकाशित

सपनाको संसार अमेरिका २४ सै घण्टा चल्छ l फुर्तिलो ,चुस्त ,छिटो र छरितो बनाउने अमेरिकाको विशेषता हो l अल्छि मानिस पनि यहाँ ब्रुसलि ,ज्याकी चान ,जेट लि जस्तो छिटो हुन्छन l सपनाको संसार छिर्ने बितिकै मानिसमा एक प्रकारको फुर्ति आउछ l फुर्ति यहाको डलरको कमाईले आउछ l महिनाबारी तलब नबुझी हप्ते ,पाक्षिक तथा हाताहातको कमाईले अल्छीलाई फुर्तिमा रुपान्तरित गरि दिन्छ l

यो देशमा अल्छि र अल्छे लाई डाडा कटाई दिन्छ l अल्छि भए उ बिक्दैन ,अल्छि गरे उसको लागि सबै दैलो बन्द हुन्छ l उसले भोको पर्नु पर्ने पनि हुन् सक्छ l अल्छिको अमेरिकामा १२ बज्छ l अल्छि भए हण्डर खान्छ l अल्छि हुने तर मिठो मिठो खोज्नेले कुकुरको दशा पनि पाउछ l

अल्छेले अमेरिकालाई ससुराली जस्तो ठान्नु हुदैन l ज्वाई भनि ८४ व्यंजन खाउला भनि मुख मिठ्याउँन पाइदैन l अमेरिकामा मेहनत र परिश्रमलाई ईज्जत दिइन्छ l फुर्तिलो र काममा नथाक्नेलाई पुरस्कार गरिन्छ । अमेरिकामा अल्छिको ओखती भनेको नै काम हुन्छ l यहाँ नरन देखिको बल निकाल्नु पर्छ l अरबी घोडा जस्तै हुनु पर्छ l अमेरिकामा फुर्तिलो लाई हाई हाई हुन्छ भने अल्छे मानिसलाई बाई बाई हुन्छ l

अमेरिकामा काम चोरलाई यहाको अनुशासन,नियम ,कार्यपद्धतिले बक्ररेखा बाट सरल रेखामा ल्याई दिन्छ l कामको गर्ने आदत र रफ्तारले मानिसलाई नेपालको तुलनामा उमेर भन्दा १० बर्ष मुनि झारी दिन्छ l

अमेरिकामा कामको शैली,प्रक्रिया तथा कामको चापले मानिसलाई क्रियाशील ,स्वस्थ र फुर्तिलो बनाई दिन्छ l क्रियाशीलको अमेरिकामा कदर हुन्छ सुस्त र अल्छिको बदर हुन्छ l अल्छि कुनै बिशेष रोग नभै केवल एउटा मानसिक बाधा मात्र हुन्छ l ईक्षा शक्ति वृद्धि गरे अल्छि स्वत निस्कृय हुन्छ l

जन्म जातले मानिस अल्छि हुदैन ,उसले अप्रत्यासित सुबिधा प्राप्त गर्यो र उपभोग गर्न पायो भने अल्छिको घर बन्दछ l देश ,काम गर्ने स्थान तथा वातावरणले मानिसलाई अल्छि तथा फुर्तिलो दुवै बनाई दिन्छ l मुग्लानमा आए पछि अल्छि बन्ने कि फुर्तिलो बन्ने त्यो हाम्रो हातमा निर्भर छ l

अमेरिकामा फुर्तिलोलाई हाउ यु डुइंग ले सम्बोधन गरिन्छ भने अल्छे तिघ्रे लाई ……शोलेमा बसंतिले जय राम जी कि भने जस्तै गरिन्छ l

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया