आङ सान सु की काठमाडौँमा

इनेप्लिज २०७५ मंसिर १३ गते ९:५९ मा प्रकाशित

याङ्गुन, मङ्सिर१३गते ।

काठमाडौँ, १३ मङ्सिर ।  एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिने सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि म्यान्माका स्टेट काउन्सिलर आङ सान सु की आजबिहान काठमाडौँ आइपुग्नुभएको छ ।

नेत्री सु कीलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत गर्नुभयो । सो अवसरमा नेपाली सेनाको एक टुकडीले उहाँलाई सलामी दिएको थियो ।

आजदेखि १७ गतेसम्म सो सम्मेलन काठमाडौँमा हुँदैछ ।

प्रतिक्रिया