आमाले कुखुरा काट्दा भक्कानिएर रोएको थिए ,पहिलो पटक छोरा सहित मिडियामा (भिडियो सहित हेर्नुहोस) Ashika Tamang interview

इनेप्लिज २०७५ मंसिर १३ गते २:२८ मा प्रकाशित

जर्मनीमा बस्ने आशिकाले दशैँकोही बेला ‘टिकटक’ मा एउटा भिडियो पोष्ट गरेकि थिइन् । उक्त भिडियो उनी मासुका लागि जनावरको हत्या नगर्न आग्रह गर्दै क्वा क्वा रोएकी छन् ।

‘मासु खानुहोस, तर खसी-खसिनी नमार्नुहोला,’ भिडियोमा उनी आशु झार्दै भन्छिन्, ‘मारे पनि घरवारबिहिनलाई मात्र मार्नुहोला ।’
करिब ४ मिनेटको यो भिडियोमा उनी अस्वभाविकरुपमा भावुक बनेकी छन् । कतिपयले यसलाई भाइरल हुनका लागि गरेको नौटङ्कीसमेत ठानेका छन् भने धेरैले चाहि उनको ‘निर्दोषिता’ प्रति आश्चर्य व्यक्त गरेका छन् । साथै यति अञ्जान युवती को हुन् भन्ने खुल्दुली पनि धेरैलाई पैदा भएको छ ।
को हुन् आशिका ?

आशिकाको फेसबुक प्रोफाइल हेर्दा थाहा हुन्छ कि उनी स्टाफ नर्स हुन् । उनले आफू आशिका फिल्म्स प्रालीमा काम गर्ने पनि उल्लेख गरेकी छन् ।

खासमा उनले एउटा नेपाली चलचित्रमा नायिका बनेर अभिनय गरिसकेकी छन् । केही वर्ष अगाडि आएको फिल्म ‘सुश्री’ मा उनी आर्यन सिग्देलको अपोजिटमा थिइन् । यो चलचित्र राम्रै भए पनि व्यवसायिकरुपमा सफल भएन । यो चलचित्र ‘आशिका फिल्म्स प्राली’ कै ब्यानरमा बनेको थियो । पहिलो फिल्ममै लगानी डुबाएकी आशिकाले दोस्रो फिल्म खेलेकी छैनन् ।
भाइरल भिडियोभन्दा अगाडि उनले फेसबुमा पनि यही आशयको स्टाटस लेखेकी थिइन् । उनले लेखेकी थिइन्, ‘दशैं आउन लाको छ । जसले जसले मासु खानु हुन्छ म उहाहरुलाई के भन्न चाहन्छु भने यदि हत्या नै गर्नु छ भने घरबारबिहिन जनावरको हत्या गर्नुहोला । कसैको आमा र छोराछोरीलाई बिचल्ली परोर हत्या नगर्नु होला प्लीज ।

प्रतिक्रिया