मित्रसहित दर्जन सञ्चारकर्मी सम्मानित

सञ्जय साह मित्र २०७५ मंसिर १० गते १२:२१ मा प्रकाशित

रौतहटका पत्रकार तथा साहित्यकार सञ्जय मित्रसहित जिल्लाका एक दर्जन पत्रकार सम्मानित भएका छन् । रौतहटको कटहरिया नगरपालिकालाई खुल्ला दिसामुक्त घोषणा समारोहमा नगरपालिकालाई खुला दिसामुक्त बनाउन विभिन्न सञ्चार सहयोग गरेवापत सञ्चारकर्मीहरुलाई सम्मानित गरिएको हो ।

मित्रसँगै सम्मानित हुने सञ्चारकर्मीहरुमा मदन ठाकुर, राजेश्वर पान्डे, दिनेश संगम, धर्मेन्द्र साह, प्रवीण टिवडेबाल, सञ्जयकुमार मिश्रा, गौतम श्रेष्ठ, प्रभातकुमार झा, प्रेमचन्द्र झा, राजकरण यादव, ओमप्रकाश यादव रहेका छन् । रौतहटमा १८ स्थानीय तहमध्ये १६ नगरपालिकामा कटहरिया नगरपालिका ११ खुल्ला दिसामुक्त नगरपालिका हो । समारोहको अवसरमा प्रदेश साँसद कुन्दन कुशवाहा र निमित्त कार्यकारी मेयर नूरजहाँ खातुनले सञ्चारकर्मीहरुलाई सम्मानित गरेका छन् ।

सञ्जय साह मित्र

पत्रकार/लेखक

प्रतिक्रिया