शुक्रबार, भदौ ३ २०७९
काठमाडौं २२:५७
वासिङटन डिसी 13:12

बाढीपीडितलाई घर हस्तान्त्ररण

इनेप्लिज २०७५ मंसिर ९ गते ११:१६ मा प्रकाशित

बाँके, मङ्सिर ९ गते । बाढीबाट प्रभावित पूर्ण क्षति भएका बाढीपीडितलाई घर हस्तान्तरण गरिएको छ ।

बर्दीयाको गुलरिया नगरपालिका– १, ३, ४, ५, ८, १० र १२ मा निर्माण गरेका विपद् प्रतिरोधी आवासको कालाबञ्जरमा नमूनाबस्ती कार्यक्रम गरेर हस्तान्तरण गरिएको छ । वल्ड रिन्यु क्यानाडाको आर्थिक सहयोग र गुलरिया नगरपालिकाको समन्वयमा ‘कारितास’ नेपालले एक सय तीनवटा घर हस्तान्त्रण गरेको हो । प्रति घरमा रु तीन लाख २५ हजार बराबरको लगानी लागेको बताइएको छ । नगरपालिकाको वडा नं १ मा पाँच, ३ मा ३६, ४ मा ७, ५ मा १५, ८ मा ६, १० मा ३१ र १२ मा तीन घर निर्माण गरिएका कारितास नेपालले जनाएको छ ।

प्रतिक्रिया