राष्ट्रसेवक कर्मचारी समाजको अध्यक्षमा तामाङ
बेत्रावती, मङ्सिर ९ गते । राष्ट्रसेवक कर्मचारी समाज नुवाकोटको तेस्रो साधारणसभाले नेपाल सरकारका सहसचिव रुद्रसिङ तामाङलाई अध्यक्षमा चयन गरेको छ ।
शिवपुरी गाउँपालिका–६ सुइरेचउरमा शनिबार सम्पन्न साधारणसभाले सर्वसम्मत रुपमा तामाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा उदयबहादुर राणा र कृष्णप्रसाद पुडासैनी, सचिवमा केशरबहादुर पण्डित, सहसचिवमा राजु प्याकुरेल र कोषाध्यक्षमा ज्ञानबहादुर अधिकारी चयन हुनुभयो ।
सदस्यमा जङ्गबहादुर अर्याल, माधव शर्मा, सन्तु श्रेष्ठ, सुरज अर्याल, विष्णुहरि रेग्मी, भीमबहादुर रोका, बुद्धिराज खड्का, बद्रीप्रसाद अर्याल, कृष्णराज खतिवडा, नारायण श्रेष्ठ र गोपी अधिकारी रहनुभएको छ । समितिको सल्लाहकारमा यसअघिका अध्यक्ष रहनुभएका डा केदारनरसिंह केसीसहित तुलसीप्रसाद सिटौला, वासुदेव गुरागार्इं, सुदर्शन भण्डारी र रेशमबहादुर पाण्डे रहेको निर्वाचन मण्डलका संयोजक रहनुभएका पत्रकार राजन कुइँकेलले जानकारी दिनुभयो ।
नुवाकोटमा जन्मेर विभिन्न सरकारी सेवामा जिल्लाबाहिर कार्यरत कर्मचारीको साझा संस्थाका रुपमा ‘राष्ट्रसेवक कर्मचारी समाज’ स्थापना भएको हो ।
विश्व प्रसिद्ध लेखक सलमान रुस्दी माथी न्यूयोर्कमा आक्रमण
अमेरिकाको नर्थ क्यारोलाइनाको एक ब्यायामशाला बाहिर गोलाबारी हुँदा १ जनाको मृत्यु ,३ जना घाइते
रिपोटर्स क्लब नेपाल अमेरिका शाखाको कार्यसमिती गठन
एफबीआईको कार्यालयमा प्रवेश गर्ने प्रयास गर्ने एक सशस्त्र संदिग्ध अधिकारीहरूसँगको विवादपछि मारिए
बाल्टिमोरको हिन्दु बुद्ध मन्दिरमा नेपालीमूलका बिद्यार्थीहरुलाई विशेष सम्मान गरिने
प्रतिक्रिया