मंगलबार, साउन २४ २०७९
काठमाडौं १४:२५
वासिङटन डिसी 04:40

यस्तो छ आजको नेकपा सचिवालय बैठकको निर्णय

इनेप्लिज २०७५ मंसिर ८ गते १५:१२ मा प्रकाशित

काठमाडौं, ८ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले एकता प्रक्रियाको शुरुमा केन्द्रीय सदस्यहरुको जिम्मेवारी टुङ्गयाउने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको केन्द्रीय सचिवालयको बैठकले केन्द्रीय सदस्यहरुको जिम्मेवारी टुङ्गयाएपछि मात्र जनवर्गीय संगठनहरुको एकता प्रक्रिया शुरु गर्ने निर्णय गरेको हो ।

नेकपा एकताको लामो समय वित्दासमेत केन्द्रीय सदस्यहरु जिम्मेवारीविहीन रहेका छन् । यसले गर्दा नेकपामा असन्तुष्टी बढेको छ ।

केन्द्रीय सदस्यहरुको कार्यविभाजनको टुंगो लगाउने काम सोमबार बस्ने बैठकले गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया