बिहीबारदेखि एशिया स्वच्छ व्यवसाय सम्मेलन

इनेप्लिज २०७५ मंसिर ५ गते ११:२९ मा प्रकाशित

ललितपुर, मङ्सिर ५ गते । भोलि (बिहीबार) देखि बूढानीलकण्ठस्थित पार्क भिलेजमा ‘एशिया स्वच्छ व्यवसाय सम्मेलन २०१८’ आयोजना हुने भएको छ । एशिया स्वच्छ व्यवसायी सङ्गठन र स्वच्छ व्यवसाय समूह नेपालले स्वच्छ व्यवसायलाई प्रवद्र्धन गर्ने उद्देश्यले तीन दिने सम्मेलनको आयोजना गर्न लागेको बताएको छ ।

एशिया स्वच्छ व्यवसायी सङ्गठनका अध्यक्ष चित्रबहादुर केसीले सम्मेलनको व्यापार प्रवद्र्धनसँगै पर्यटन प्रवद्र्धनको उद्देश्य रहेको बताउनुभयो । कार्यक्रममा क्रेता, बिक्रेता, विज्ञ र नीति निर्मातासमेत झण्डै १५० को सहभागिता रहनेछ । उहाँले भन्नुभयो, “एशियासँगै अरु प्रशान्तका सङ्गठनका सदस्यसमेत सम्मेलनमा सहभागी हुनेछन् ।”

‘दिगो विकास लक्ष्य २०३० मा स्वच्छ व्यवसायको भूमिका’ प्रमुख मुद्दा रहने सम्मेलनले स्वच्छ व्यवसायको मूल्याङ्कन पद्धति, बजार विस्तार र स्वच्छ व्यवसाय प्रवद्र्धनका विषयमा छलफल हुने अध्यक्ष केसीले बताउनुभयो । उहाँले भन्नुभयो, “विज्ञसँग जीवन निर्वाह ज्याला र स्वच्छ ज्यालाको विषयमा समेत छलफल हुनेछ ।”

कार्यक्रममा विभिन्न गोष्ठीसँगै ५० वटा स्टल रहने उहाँले बताउनुभयो । सङ्गठनले दुई÷दुई वर्षमा एशियाका विभिन्न शहरमा आयोजना गर्दै आएको छ । नेपालमा नौ वर्षपछि यो सम्मेलनको आयोजना भएको हो ।

प्रतिक्रिया