दुई महीना अझै नआउने महानगरमा ब्रुमरयन्त्र
काठमाडौँ, मङ्सिर ५ गते । धूलो सफा गर्न काठमाडौँ महानगरपालिकाको यही मङ्सिर पहिलो सातादेखि ल्याउने भनेको ब्रुमरयन्त्र आउन अझै दुई महीना लम्बिएको छ ।
अघिल्लो वैशाखमा जनप्रतिनिधि आएपछि पहिलो प्राथमिकतामा परेको कामपाको सडकको धूलो सफा गर्न उक्त यन्त्र ल्याउन लागिएको भए पनि केही प्रक्रिया बाँकी रहेकाले फागुनको पहिलो सातादेखि मात्र उक्त यन्त्रको प्रयोग गर्न सकिने कामपाले जनाएको छ ।
इटलीबाट ल्याइने उक्त यन्त्र खरीद गरिसकेको भए पनि ल्याउन केही प्रक्रिया बाँकी रहेकाले अझै दुई महीना लाग्ने भएको कामपाको वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो । कामपाले रु १२ करोड मूल्य बराबरको पाँच वटा यन्त्र ल्याउने तयारी गरेको हो ।
हाल कामपाले कुचोले बढारेर धूलो सफा गर्ने र ट्याङ्करको पानीले सडक सफा गरिरहेको छ । महानगरको भवन रहेको बागदरबार वरपर, लैनचौर, रत्नपार्क, जमल, पुरानो बसपार्क, पुतलीसडक चोक, त्रिचन्द्र कलेज आसपास र भद्रकालीमा दैनिक धूलो सफा गर्ने र पानीले पखाल्ने काम गरिरहेको छ ।
महानगरले शहर सफा गर्न गत भदौको अन्तिम सातादेखि पाँच वटा ठूला यन्त्र प्रयोगमा ल्याइसकेको छ । हरेक वर्ष सेप्टेम्बर १५ तारिखका दिन मनाइने विश्व सरसफाइ दिवसको अवसर पारेर कामपाले ती यन्त्र प्रयोगमा ल्याएको थियो ।
शिकागोमा समलिङ्गी मधुशाला बाहिर गाडीले ठक्कर दिदा तीन पुरुषको मृत्यु ,संदिग्ध फरार
पुटिनद्वारा अमेरिकालाई विश्वव्यापी मामिलालाई अस्थिर बनाएको र युक्रेन युद्धलाई लम्ब्याएको आरोप
अमेरिकाको टेनेसीको एक अस्पतालमा गोलीबारी हुँदा कम्तिमा ७ जना घाइते ,अनुसन्धान जारी
कोभिड बिरुद्धको खोप बनाउने फाईजरका प्रमुख कार्यकारी अधिकारी कोरोना सक्रमित
कोलोराडो नेपाली समुदायमा फेरी अर्को दुखःद घटना
प्रतिक्रिया