चितवनको कालिकामा सोमबार लाइभ कन्सर्ट एवम् सांस्कृतिक कार्यक्रम हुने, बचत भएको रकमबाट वृद्धवृद्धाहरुलाई सम्मान गरिने

इनेप्लिज २०७५ मंसिर २ गते १२:५६ मा प्रकाशित

कालिका, चितवन, २ मंसिर ।
पूर्वी चितवनको कालिका नगरपालिका वडा नं. ६ स्थित रेडक्रसग्राम खेल मैदानमा विविध सांस्कृतिक कार्यक्रम तथा लाइभ कन्सर्ट हुने भएको छ । कालिका सेवा समाजको आयोजनामा यही मंसिर ३ गते सोमबार हुने सांस्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको समाजका अध्यक्ष एवम् कार्यक्रम संयोजक निराजन गौलीले जानकारी दिए ।
हरिबोधनी एकादशीको पावन अवसरमा आयोजित कार्यक्रममा डि–मोर्चा ब्याण्ड, द ट्रोक्सी ब्याण्ड, द नेटिभ ब्याण्डका गायक, गायिका तथा कलाकारहरुले आफ्नो प्रस्तुती प्रस्तुत गर्ने छन् । चर्चित डिजे मनोज र गायिका सरस्वती लामाको समेत विशेष प्रस्तुती रहने कार्यक्रम दिउसो २ बजेबाट साझ ९ बजेसम्म संचालन हुने आयोजक समितिका सदस्य श्यामकृष्ण बजगाईले जानकारी दिए । सो कार्यक्रमबाट बचत भएको रकमले कालिका नगरपालिका भित्रका वृद्धवृद्धाहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको सदस्य बजगाईले जानकारी दिए ।

प्रतिक्रिया