अमेरिकाका सिनेटर तथा कंग्रेस प्रतिनिधि साथी सँगै मिलेर घर बहालमा गुजारा चलाउने

इनेप्लिज २०७५ कार्तिक २५ गते १८:३७ मा प्रकाशित

अमेरिकाका सिनेटर तथा सांसदहरु भाडाको घरमा साथीहरु संग मिलेर या कोठा हिस्सा गरेर पनि गुजारा चलाउने भन्दा हामीलाई आश्चर्य लाग्न सक्छ । यिनीहरुको तलव भत्ता या अन्य सुविधाहरु कम हुनुको कारण हो कि भन्ने प्रश्न हाम्रो मानस पटलमा उब्जिन्छ ?

अमेरिकामा घर भाडा महँगो हुनाले सभासद तथा सिनेटरले यसरी मिलेर या कोठा या घरमा हिस्सा गरेर पनि पनि बस्ने गरेको देखिएको छ । बिशेषगरि वाशिंगटन डिसीमा यसरी बस्ने गरेका उदाहरण समेत संचार माध्यमले बिगत देखि हाल सम्म समाचार लेख्ने गर्दछन ।

स्मरण रहोस ,अमेरिकाका पूर्व उप राष्ट्रपति जो बाईडन जो पद सकिना साथ रेलमा चढेर आफ्नो घर गएका थिए । बाईडेन नेपालका स्व पूर्व प्रधान मन्त्रि कृष्ण प्रसाद भट्टराई जस्तै स्वभावका छन । उनि सादा जीवन उच्च विचार नीति अपनाउने मध्यमा पर्दछन । अमेरिकामा भ्रष्टाचार नहुने र सरकारले दिएको निश्चित पैसाबाट सबै चिज पुर्याउनु पर्ने हुनाले तल्लो स्तरमा चुरीफुरी नगरी यसरी बसेको देखिन्छ ।

भर्खर न्यू योर्क को १४ औ कंग्रेसनल जिल्ला बाट बिजयी भएकी एलेकज्यानड्रीया ओकासियो कोर्टेजले आफूले कांग्रेसको तलव प्राप्त नहुन्जेल सम्म डिसीमा घर बहाल महँगो छ । वाशिंगटन डिसीमा घर भाडामा बस्न हाललाई नसकिने न्यू योर्क टाइम्स लाई बताए पछि यो कुराले चर्चा परिचर्चा पाएको हो ।

साथै अमेरिकन फक्स न्युजले उनि घर बहाललाई पैसा साचेर राख्नु भन्दा लुगाफाटा र शृंगारमा ज्यादा खर्च गरेको कुरा गरे पछि उनले सामाजिक संजाल मार्फत उनले तीक्ष्ण जवाफ दिनु परेको छ ।

स्मरण रहोस कोर्टेज अमेरिकन कांग्रेसको ईतिहासमा कांग्रेस सदस्यमा बिजयी हुने सबै भन्दा कान्छी महिला कंग्रेस बनेकी छिन्। अमेरिकन प्रतिनिधि सभा कांग्रेस (हाउस अफ रि प्रिजेनटेटिभ)को बार्षिक तलव १ लाख ७४ हजार डलर हुन्छ । कैयौ राज्यमा हाउस अफ डेलिगेट को तलव बार्षिक १७ हजार ६ सय ४० भएता पनि अन्य चिज जोडेर ८४ हजार ७ सय २ डलर प्राप्त गर्दछन ।

सिनेटरहरुको तलव पनि १ लाख ७४ हजार डलर नै हुन्छ । मन्त्रि स्तरका तलव झन्डै बार्षिक २ लाख डलर बराबर हुन्छ । यसै गरि उप राष्ट्रपति को तलव २ लाख ३० हजार हुन्छ भने राष्ट्रपति को तलव ४ लाख डलर हुन्छ ।

तर मेरिल्याण्डका राज्य प्रतिनिधि सभासदको तलव ८० हजार डलर बराबर हुन्छ । अहिले प्रतिनिधि सभा ,सिनेटमा बिजयी हुनेले आगामी जनवरी २०१९ देखि सपथ ग्रहण गरे पछि मात्र उनीहरुले तलव थाप्ने छन् ।

भर्खर निर्वाचित कोर्टज को सन्दर्भमा कुरा गर्दा उनले ठाडै जव सम्म आफूले तलव पाउदिन त्यो अवस्था सम्म म डीसीका भाडाका घरमा बस्न सक्ने स्थितिमा छैन भनेको कुरा संचार माध्यमले उच्च प्राथमिकता साथ छापेका छन् ।

अझ पनि ३ महिना पर्खनु छ उनले भनेकी छिन् । सिनेटर र सांसदहरु अरुसंग मिलेर गुजारा गरेको तथा कोठा हिस्सा गरेका पनि छन् । टाइम्स पत्रिकाका अनुसार सिनेटर चक सुमर बैठक कोठा र भान्छा घरको बीचको कोठामा सुत्ने गर्थे । उनि इलोनोई (सिकागो शहर )राज्यका सिनेटर डिक डर्बिन तथा क्यालिफोर्नियाका पूर्व सभासद जर्ज मिलर संग संगै मिलेर बस्ने गरेको लेखेको छ ।

यसै न्यू योर्क टाईम्सका अनुसार न्यु योर्कको कंग्रेसनल जिल्ला ११ का सभासद आफ्नै कार्यालयको सोफा (कुशे) तथा खाटमा सुत्ने गरेको समाचार लेखेको थियो । उनले न्यू योर्क टाइम्सलाई डीसीमा घर या घर बहालमा लिनको लागि करोड पति संसद भए मात्र लिन सक्ने चर्चा गरेका थिए ।

यसै गरि न्यु योर्कका सभासद लि एम जेलडिन ले पनि कार्यालयकै कोठरी (क्लोजेट) मा मिलाएर सुत्ने बताएका थिए ।

स्रोत :बिभिन्न पत्रपत्रिका

प्रतिक्रिया