करेन्ट लागेर रौतहटमा कामदारको मृत्यु

इनेप्लिज २०७५ कार्तिक २५ गते १४:०९ मा प्रकाशित

छठ घाटमा पूजाको लागि टेन्टको काम गरिरहेका एकजना कामदारको आइतवार करेन्ट लागेर मृत्यु भएको छ । रौतहटको बौधीमाई नगरपालिकामा विद्युतको हाइटेंशन तारमा करेन्ट लागेर राजपुरका ५० वर्षीय गिरीधारी साहको मृत्यु भएको हो । बौधीमाई नगरपालिका १ बौधीटोलमा छठपर्वमा धार्मिक कार्यक्रम गर्नका लागि टेण्ट खडा गरेर विद्युतको हाइटेंशन तारको माथिबाट जनरेटरको वायर फाल्ने क्रममा टेण्टका कामदार साहलाई विहान करेन्ट लागेको थियो ।

करेन्ट लागेपछि गम्भीर घाइते अवस्थामा तत्कालै उपचारको लागि जिल्ला अस्पताल गौरतर्फ लैजाने क्रममा क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी महेन्द्रप्रसाद मरासिनीले जानकारी दिएका छन् । मृतकको शव पोष्टमार्टमका लागि गौर अस्पतालमा राखिएको तथा घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको डिएसपि मरासिनीले जानकारी गराएका छन् ।

प्रतिक्रिया