ब्राम्पटन, क्यानेडियन नेवा गुठी द्वारा ” म्ह पूजा तथा नेपाल सम्बत ११३९” कार्यक्रम हालै सम्पन्न गरेको छ । नेपालको तिथि अनुसार म्ह पूजाकै दिन आयोजना गरेको सो कार्यक्रमको शुरुमा धिमे बाजा सहितको भिन्तुना र्यालीको टोलीले कार्यक्रम भबनको वरीपरी परिक्रमा गरेको थियो भने सो टोलीलाई पूजा स्थल प्रबेश गर्ने बेलामा महिलाहरुले फूल तथा अक्षता द्वारा स्वागत गरेका थिए ।
त्यस पछी गुथिका अध्यक्ष प्रकाश प्रधानले सबै अतिथिहरुलाई स्वागत गर्नु हुन्दै मौलिक संस्कॄतिलाई जगेर्ना गर्न गुथिको स्थपना काल देखि नै म्ह पूजा कार्यक्रम संचालन गर्दै आएको जानकारी दिनु भयो ।सो हि कार्यक्रममा बोल्नु हुन्दै ब्रोक बिस्वबिद्यालयका प्रो. डा. टम ओ’ नीलले गुठीले नेवा संस्कॄतिलाई जगेर्ना गर्ने कार्यक्रमको साथै समुदायमुखि कार्यक्रम पनि संचालन गरिरहेकोमा गुठीको प्रशंसा गर्नु भयो ।
त्यस पछी पूजा नकींहरुले भगबान गणेशको पूजा गरि म्ह पूजा कार्यबिधि शुरु गरेको थियो । बिधिबत रुपमा संचालन गरिएको सो पूजामा गुथिका सचिब डा. प्रज्वल प्रधानले पूजा अबधि भर पूजा बिधि र यसका अर्थ बारे प्रकाश पार्दै गरेका थिए। बर्षेनी बढदै गरेको सहभागिता संख्यालाई दृश्टीगत गरि यसपाली १६ महिला नकीं हरुले १६८ महानुभाबहरुको पूजा गरेका थिए । पूजामा नेवा परम्परा अनुसारको मण्डप, जजंका, सगुन, फलफुल, रोटी राखी संचालन गरेका थिए भने सगुन लिने बेलामा सामुहिक रुपमा ” न्हु दँ या भिन्तुना ” बाचन गरि सगुन खाएका थिए।
कार्यक्रममा पहिलो पटक म्ह पूजा मा सहभागी हुनु भएका टोरोन्टो बिस्वबिद्यालयमा बौद्ध धर्ममा बिद्याबारिधि (पिएच.डी.) का शोध कर्ता आम्बर माएरीले म्ह पूजाको मह्त्व बारे जान्न पाएकोमा खुसी ब्यक्त गर्नु हुन्दै सो आयोजना गरेको मा गुठी प्रति आभार ब्यक्त गर्नु भयो। सो कार्यक्रममा अमेरिकाबाट आउनु भएका अत्तिथिहरुको पनि सहभागिता थियो ।
पूजा पछीको कार्यक्रममा गुथिका महासचिब बिमल श्रेस्थले गुथिको संयोजकत्वमा गुथिका सदश्य तथा अन्य मनकारीहरुको सहयोगमा लुम्बिनिमा निर्माण हुने नेपाली बिहारको एउटा कोठा निर्माणार्थ आबश्यक रकम आफु नेपाल गएको बेलामा हस्तान्तरण गरेको जानकारी दिनु भयो ।
साथै नेवा तथा समग्र नेपाली संस्कृतिका ज्ञाता एबम सताब्दी पुरुष सत्य मोहन जोशीसंगको भेटघाटमा उहाँले नेवा संस्कृति जगेर्ना गर्न गुथिले गरि रहेको कॄयाकलाप प्रशंसनिय रहेको र अझ थप योगदान गर्न सकोस भनी शुभकामना दिएको जानकारी दिनु भयो।
त्यसपछी आयोजना गरिएको सास्कृतिक कार्यक्रममा गोबिन्द घिमिरे, अमॄत श्रेस्थ, सुरेन्द्र लाल श्रेस्थ, हेमा चखुं श्रेस्थ तथा उत्तम माकजूले नेपाली तथा नेवा गीत हरु प्रस्तुत गरेका थिए भने रबि बस्नेत ले नेवाः संस्कृतिका अभिन्न पात्र “ळाखे” बारे कबिता प्रस्तुत गरेका थिए। त्यसै गरि गुथिका युबा सदशय्हरु आयुस्ना श्रेस्थ, सर्बज्ञ श्रेस्थ, राएना श्रेस्थ, अविस श्रेस्थले नेवाः नृत्य प्रस्तुत गरेका थिए।
स्मरण रहोस, संस्कृतिका निकै धनि नेवाः समुदाय का बिभिन्न सास्कृतिक पर्बहरु मध्य ” स्वन्ति नःख” मह्त्वपूर्ण पर्बमा पर्छ यहि ” स्वन्ति नःख” को बेलामा गरिने ” म्ह पूजा ” नेवाः संस्कृतिको नितान्त मौलिक तथा हाम्रो जीबन संग जोडिएको पर्ब हो ।म्ह को अर्थ आत्मा हो । म्ह पूजामा आफ्नै आत्मा , जुन देबत्वको रुपमा रहेको हुन्छ, पूजा गरिन्छ । आफ्नो आत्मा सन्तुष्ट बनाई खुसी राख्न सके देवीदेवता पनि प्रशन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने तथा अरुलाई पनि सहयोग गर्ने सक्ने शक्ति प्राप्त हुने जन विश्वास रहेको छ ।
लिच्छवी राजा राघवदेवको पालामा शङ्खधर साख्वाःले ११३८ बर्ष अगाडी नेपालीहरूको ऋणमोचन गरी देशको नामबाट नेपाल संवत सुरु पनि यसै पबित्र दिन म्ह पूजा कै दिनमा गरेकोले त्यही दिनदेखि नेपाल संवत् मनाउने गरिएको हो , जुन नेपालको मौलिक सम्बत हो। यस बर्ष म्ह पूजाको दिन बाट नेपाल सम्बत ११३९ शुरु भएको छ ।
प्रतिक्रिया