कानून कार्यान्वयनको अवस्था बुझ्दै विधायन समिति
इनेप्लिज
२०७५ कार्तिक १८ गते ११:३२ मा प्रकाशित
काठमाडौँ, १८ कात्तिक : राष्ट्रियसभा विधायन व्यवस्थापन समितिमा कानूनको पूर्ण कार्यान्वयन भए-नभएकोबारे अध्ययन गर्न जोड दिइएको छ । समितिको आजको बैठकमा सांसद जीतेन्द्र देवले संसद्बाट पारित कानूनको कार्यान्वयन भएको वा नभएको विषयमा अध्ययन गर्न सुझाव दिनुभयो ।
नेपाल कानून आयोगका अध्यक्ष माधव पौडेलले संसद्ले विषयगत रुपमा अध्ययन गरी बनाएको कानूनको कार्यान्वयन गर्नुपर्ने उल्लेख गर्दै कुनै पनि बहानामा कानून कार्यान्वयनको कमी हुन नहुने बताउनुभयो ।
कानूनविद् खिमलाल देवकोटाले विकसित मुलुकमा अध्ययन- अनुसन्धान गरेर मात्र कानून निर्माण गर्ने परिपाटी रहेको उल्लेख गर्दै नेपालका कानूनको प्रभावकारिताबारे अध्ययन गर्न जरुरी भएको बताउनुभयो । समितिका सभापति पशुराममेघी गुरुङले कानून कार्यान्वनका विषयमा आगामी बैठकमा पनि छलफल जारी रहने बताउनुभयो ।
सुनिल शाहले नागरिकता विद्येयक फिर्ता सम्बन्धमा सकारात्मक रहन सम्पूर्ण गैर आवासिय नेपालीलाइ आग्रह
अमेरिकी संसद बिद्रोह पछि ट्रम्पको कट्टर बिरोधि रिपब्लिकनकी अमेरिकी सांसद लिज चेनीलाई ट्रम्पले प्राथमिक निर्वाचनमा हराए
अमेरिकी सेनाले क्यालिफोर्नियाबाट निशस्त्र अन्तरमहादेशीय प्रक्षेपिक क्षेप्यास्त्र परीक्षण
अमेरिकी प्रथम महिला जिल बाइडेन कोरोना संक्रमित ,हल्का लक्षणहरू
बाइडेनद्वारा स्वास्थ्य,जलवायु र कर बिधेयकमा हस्ताक्षर , उनको कार्यसूचीको ऐतिहासिक जीत
प्रतिक्रिया