चितवनको माधवपुर धनधान्याञ्चलमा डेढ करोड संकलन

इनेप्लिज २०७५ कार्तिक १३ गते २२:५८ मा प्रकाशित

रत्ननगर, चितवन, १३ कार्तिक ।

पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं. १५ नमूना टोलमा भएको श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञमा डेढ करोड रुपैया बराबरको आर्थिक संकलन भएको छ । श्री आधारभूत विद्यालय साविक पिठुवा ९ मा सम्पन्न भएको महायज्ञ एवम् ‘रत्ननगर माधवपुर श्री आधारभूत धार्मिक शैक्षिक महोत्सव – २०७५’ मा नगद तथा जिन्सी गरी सो रकम संकलन गरिएको मुल आयोजक समितिका संयोजक डण्डपानी लामिछानेले जानकारी दिए । महायज्ञमा नगदका अतिरिक्त भूमिदान, तुलादान बाट समेत रकम संकलन गरिएको थियो ।

सो ज्ञान महायज्ञमा युवा पण्डित श्री ईश्वर रेग्मीले संगीतमय शैलीमा कथा वाचन गरेका थिए । श्री आधारभूत विद्यालय साविक पिठुवा ९ को भवन निर्माण, चौतर्फी विकास एवम् शैक्षिक स्तरोन्नती गर्ने उद्देश्य रहेको थियो । साथै महायज्ञबाट संकलित रकमबाट विद्यालयमा खेलमैदान निर्माण गर्ने, अक्षयकोष समेत स्थापना गरी निरन्तर रुपमा विद्यालयको भौतिक, शैक्षिक विकास गर्ने लक्ष्य रहेको समेत संयोजक लामिछानेले जानकारी दिए । महायज्ञमा कृष्ण बहादुर नेपाल र नर बहादुर नेपालले भूमिदान गरेका थिए । महायज्ञका पण्डित रेग्मीले महायज्ञ गर्दा लिइने पारिश्रमिक समेत नलिई थप नगद समेत विद्यालयलाई सहयोग गरेका थिए । त्यस्तै अर्का पण्डित बासुदेव घिमिरेले पनि नगद रकम सहयोग गरेका थिए । सो महायज्ञको सम्पूर्ण आम्दानी खर्चहरु केही दिनमा तयार गरी सार्वजनिक गरिने मुल समारोह समितिका संयोजक लामिछानेले बताए ।
वि.सं. २०४६ सालमा स्थापना भएको यस विद्यालयको ७ कठ्ठा १ धुर जग्गा रहेको छ । विद्यालयमा हाल १ देखी ७ कक्षासम्म अंग्रजी माध्यममा पठनपाठन हुँदै आएको छ । आगामी वर्ष कक्षा ८ मा पनि अंग्रेजी माध्यममा पढाई हुने बताइएको छ । महायज्ञको उद्घाटन पूर्व अर्थमन्त्री एवम् चितवन क्षेत्र नं. १ का सांसद सुरेन्द्र पाण्डे यही कार्तिक ७ गते बुधबार उद्घाटन गरेका थिए । सो महायज्ञमा सयौं भक्तजनहरुको सहभागिता रहेको थियो ।

महायज्ञमा सहयोग गर्नेहरुको नामावली यसप्रकार रहेको छ ।

१) कृष्ण बहादुर नेपाल : रु ३१ लाख ५० हजार बरावरको (एक कठ्ठा एक धुर जग्गा)
२) नरबहादुर नेपाल ः रु ९ लाख बराबरको ( साढे चार धुर जग्गा )
३) रेशम गुरुङ : रु २ लाख ७५ हजार
४) सन्जनादेबी लामिछाने : रु १ लाख २५ हजार
५) दिग्दर्शन खानेपानी संस्था : रु १ लाख २५ हजार
६) गोपाल प्रसाद नेपाल : रु १ लाख १२ हजार
७) बलबहादुर थापा : रु ३ लाख ६१ हजार
८) शोभा श्रेष्ठ (शिक्षिका) : रु १ लाख ११ हजार
९) जगत बहादुर विक : रु १ लाख ७००
१०) गोपी खड्का : रु १ लाख ११ हजार १११
११) शान्ता अर्याल : रु १ लाख १ हजार ५
१२) रामप्रसाद रेग्मी : रु १ लाख ११ हजार १११
१३) प्रमुख वाचक पण्डित इश्वर रेग्मी : रु. १ लाख ९ हजार
१४) वाचक पण्डित बासुदेव घिमिरे : रु. ३३ हजार ३ सय ३३
१५) खम्बिर बहादुर ढकाल : मुल गेट निर्माणार्थ करिव रु. ५ लाख
१६) छविलाल भट्ट : ७५ बोरा सिमेन्ट
१७) विद्यालयका प्रधानाध्यापक लिला बहादुर रायमाझी :सरस्वती मन्दिर निर्माणार्थ करिव १ लाख ३० हजार
१८) दिल बहादुर अधिकारी : रु. ३ लाख ३ सय ३३

प्रतिक्रिया