नेपाली काँग्रेस असफल : नेपाल

सञ्जय साह मित्र २०७५ असोज ३१ गते ११:०६ मा प्रकाशित

 

रौतहट । रौतहट जिल्ला रौतहटको कटहरियामा दशैँ, दीपावली तथा छठको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई बुधवार सम्बोधन गर्दै नेपाली काँग्रेसले देश विकासको लागि नयाँ केही पनि नगरेको र गर्न पनि नचाहेको आरोप लगाउँदै ठूला आन्दोलन र विकासको नेतृत्व जहिले पनि नेकपाले नै गरेको नेता नेपालले स्पष्ट पारेका छन् ।

नेता नेपालले प्रधानमन्त्री ओली, पार्टी अध्यक्ष प्रचण्ड र आफूबीच कुनै असमझदारी नरहेको स्पष्ट पार्दै नेकपाको नेतृत्वमा देश विकासको बाटोमा अग्रसर भइसकेको बताएका छन् । स्थानीय बज्जिका भाषामा बोल्दै नेता नेपालले नेपाली हुनुमा गर्व गर्नुपर्ने बताएका छन् ।

२९ सालको साथी प्रधानमन्त्री ओलीले भनेको सन्दर्भलाई पुष्टि पार्दै नेता नेपालले २०२९ सालमा ओलीलाई आफूले गौरमा रहेको आफ्नो घरमा राखेको र ओली रौतहटकै इनरबारीमा लामो समय भूमिगत जीवन बिताएको तथा यहीँबाट पक्राउ पनि परेको खुलासा समेत गरेका छन् ।

वर्तमान सरकारको पाँच वर्षसम्म टिक्ने बताउँदै कसैले नेताहरुबीचको मतभेदले सरकार ढल्छ भन्न खोज्नु दिवास्वप्न देख्न पनि नहुने बताएका छन् ।
स्थानीय सरकारमा पनि भ्रष्टाचार बढेको गुनासो सुनिन थालेको सन्दर्भमा नेता नेपालले स्थानीय सरकारसित विकास निर्माणको सबै खर्च पारदर्शी गर्न बताउँदै सीप विकास, साक्षरता, उद्यमशीलता तथा ठोस भौतिक पूर्वाधारमा लगानी गर्न विशेष जोड दिएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै विकासवादी नेता साँसद प्रभु साहले देशको सबैभन्दा कम साक्षरता रहेको रौतहटलाई साक्षर बनाउन र मानव विकासको सूचकांकमा अगाडि ल्याउन सबैले परिश्रम गर्नुपर्ने बताएका छन् । विकासको काममा जनताले सहयोग गर्ने हो भने जस्तोसुकै असम्भव नभएको बताएका छन् । बिना बजेट आफूले जनताको सहयोगमा तीस किलोमिटर सडक खोल्न सफल भएको स्मरण गर्दै गाउँको विकास हुन थालेपछि गाउँलाई छाडेर भाग्नेहरु फर्केर आउने बताएका छन् । गाउँको विकासले नै देशको विकास हुने भएकोले हरेक गाउँमा विकासको जागृति ल्याउन आफू लागिपरेको स्पष्ट पारेका छन् । हरेक नागरिककको आवश्यकतालाई ध्यानमा राखेर आफूले विकासको पथमा आफ्नो क्षेत्रलाई डो¥याएको बताएका छन् ।

कार्यक्रममा संघीय साँसद समिना हुसेन, सरला यादव, प्रदेश साँसद कुन्दन कुशवाहा, नागेन्द्र यादव, हसिमा खातुनले पनि नेकपाको सरकारले जनताको आधारभूत आवश्यकतालाई सम्बोधन गर्दै देशलाई विकासको पथमा डो¥याउने काम गरिरहेको बताएका छन् ।

सञ्जय साह मित्र

पत्रकार/लेखक

प्रतिक्रिया