अमेरिकी नागरिकताको परीक्षामा हामी किन असफल हुन्छौ : नया सर्वेक्षणले यसो भन्छ

इनेप्लिज २०७५ असोज ३० गते २२:२९ मा प्रकाशित

अमेरिकाको विड्रो विल्सन नेसनल फेलोशिप फाउनडेसनले गरेको नया सर्वेक्षण अनुसार अमेरिकी नागरिकताको परीक्षामा जाँच दिनेहरु अधिकांश असफल भएको तथ्याङ्क निकालेको छ ।

उक्त संस्थाले तपाईलाई अमेरिकी इतिहास र सरकार बारे थाहा छ ? त्यसो भए अमेरिकाको झन्डामा किन १३ वटा धर्को ? सरकारका ३ वटा अङ्गहरु के के हुन् ? तथा द्वितीय विश्वयुद्धमा संयुक्त राज्य अमेरिकालेको संग युद्ध गर्यो ? भनि सोधिएको प्रश्नको सर्वेक्षण हालसालै सार्बजनिक गरेको समाचार एनबिसी ४ प्रकाशित छ ।

उक्त संस्थालले गरेको नया सर्वेक्षणमा केवल ३ मा १ भन्दा बढीले मात्र युएस नागरिकताको परीक्षा सफल भएको बताएको छ । उक्त सँस्थाले आफ्नो सर्वेक्षण गत अक्टोबर ३ मा सार्बजनिक गरेको हो । १ हजार वयस्कमा गरिएको सर्वेक्षणमा केवल ३६ प्रतिसतले मात्र वास्तवमा उक्त परीक्षा उत्रिण भएको उल्लेख गरेको छ ।

उत्तर दिनेहरुमा ६५ बर्ष तथा माथिका उमेरकाले ७४ प्रतिसत अंक हासिल गरेका थिए भने ४५ बर्ष तथा मुनिकाले १९ प्रतिसतले जाँच दिनेले उक्त परीक्षामा उत्रीण भएको जनाएको छ । सर्वेक्षणमा महत्वपूर्ण ऐतिहासिक तथा वर्तमान घटनाका बारेमा सर्वेक्षण गरिएको थियो ।  केवल १३ प्रतिसतले मात्र अमेरिकाको संबिधान कहिले लेखिएको हो भन्ने उत्तर दिएका थिए ।

 केवल १३ प्रतिसतले मात्र अमेरिकाको संबिधान कहिले लेखिएको हो भन्ने उत्तर दिएका थिए ।

६० प्रतिसत भन्दाले दोश्रो बिश्व युद्धमा अमेरिकाले को संग युद्ध गर्यो भन्ने सवालको जवाफ नदिएको जनाएको छ । ५७ प्रतिसतले सर्बोच्च अदालतमा कति जना न्यायाधिस हुन्छन भन्ने पनि नजानेको बताएको छ । संस्थाले अमेरिकाको ईतिहास बारेमा यसरी थाहा नपाउनु भनेको लाजमर्दो भएको गुनासो पोखेको छ । अमेरिकाको नागरिकताको लागी आवेदन दिनेले १ सय वटा प्रश्नको जवाफ कण्ठ गर्नु पर्ने र परीक्षण अनिवार्य रुपमा उत्रिण गर्नु पर्छ ।

यसको साथै उक्त परीक्षामा सफल भए पछि अन्तर्वार्तामा १० वटा प्रश्न मध्ये कम्तिमा ६ वटा प्रश्न सोधिने र अनिवार्य रुपमा सहि जवाफ दिनु पर्छ । सर्वेक्षणमा सहभागी भएका सबैले सयुक्त राज्य अमेरिकाको ईतिहास निकै घतलाग्दो बिषय बताएका छन् भनि उल्लेख गरेको छ । त्यसको साथै उनीहरूको मनपर्ने मध्ये एक पनि रहेको सर्वेक्षण गरिएको कुरा उल्लेख गरेको छ ।

प्रतिक्रिया