पार्टीभित्रको द्धन्द्ध व्यवस्थापनको दायित्व नेतृत्वकै हो : अर्जुननरसिंह केसी
अर्जुननरसिंह केसी, नेता, नेपाली कांग्रेस
नेपाली कांग्रेसको आन्तरिक विवाद बढ्दै गएको छ । पार्टी र भातृ संगठन नेवि संघको विधानको विषयले नेताहरु विभाजित भएका छन् । सरकारले प्रभावकारी रुपमा काम गर्न नसकेको अवस्थाम पनि कांग्रेसको भूमिका बलियो बन्न सकेको छैन । यिनै विषयवस्तुमा केन्द्रित भएर ऋषि धमलाले नेता अर्जुननरसिंह केसीसँग कुराकानी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।
कांग्रेसका वौद्धिक नेता चक्रप्रसाद वास्तोलालाई कसरी सम्झिनुहुन्छ ?
चक्रजीको भूमिका विद्यार्थी जीवनकालदेखि २०६९ सालसम्म लोकतन्त्रका लागि धेरै योगदान दिनुभयो । उहाँले दिएको योगदान कसैले पनि विर्सन सक्दैनौँ । आफ्नो विचारमा स्पष्ट हुनुहुन्थ्यो । उहाँको निधनलाई हामीलाई स्तब्ध बनाएको छ । उहाँले राजनीतिक र कुटनीति दुवै क्षेत्रमा योगदान दिनुभएको थियो ।
तर उहाँ अर्धचेत अवस्थामा रहँदा कांग्रेसले वेवास्ता गर्यो भन्ने आरोप छ नि ?
उहाँ जुनबेलादेखि विरामी हुनुभयो त्यसबेलादेखि नै पार्टीले आफ्नो कर्तव्य र दायित्व पूरा गरेकै थियो । पार्टीले उहाँलाई गर्नुपर्ने सम्मानमा कुनै कमी थिएन ।
नेपाली कांग्रेसको विधान संशोधन प्रक्रिया कहाँ पुग्यो ?
विधानको विषयमा कुनै टुङ्गो लागेको छैन । प्रारम्भिक रुपमा मस्यौदा समितिमा भएको सहमति स्पष्ट भइसकेको छैन । छलफल जारी छ ।
महाधिवेशनमा भाग लिने प्रतिनिधीहरुको संख्यामा सहमति भएको हो ?
सहमति भइसकेको छैन । विधानका बारेमा केन्द्रिय समितिमा छलफल भएपछि मात्रै टुङ्गो लाग्छ । केन्द्रिय समितिबाट महासमिति बैठकमा जान्छ ।
नौ जना पदाधिकारी राख्ने विषयमा सहमति भएको हो ?
अहिले मस्यौदा समितिमा मात्रै छलफल भएको हो । केन्द्रिय समितिले सहमति नगरेसम्म विधान संशोधन हुँदैन ।
नेपाल विद्यार्थी संघको विधानका बारेमा तपाईहरुले किन नोट अफ डिसेन्ट लेख्नुपर्ने अवस्था आयो ?
कांग्रेसको कुनै पनि भातृ संगठनको विधान सम्बन्धित संगठनले नै संशोधनको प्रस्ताव गर्नुपर्छ । त्यसलाई केन्द्रिय समितिले पारित गर्ने हो । तर अहिले त नेविसंघको विधान पार्टीले नै संशोधन गर्न खोज्यो । भातृ संस्थाले बनाएको विधान प्रस्तुत गर्नुपर्नेमा अर्कै कुनाबाट विधान ल्याइयो । त्यसैले नोट अफ डिसेन्ट लेखिएको हो । यस विषयमा सहमति खोज्ने काम नेतृत्वको हो ।
पार्टी नेतृत्व चुकेकै हो त ?
सबै व्यवस्थापन नेतृत्वले नै गर्नुपर्छ । पार्टीभित्रको द्धन्द्ध व्यवस्थापनको दायित्व नेतृत्वकै हो । बहुमतका आधारमा मात्रै काम गर्ने हो भने विवाद साम्य हुँदैन ।
सरकारको कामलाई कसरी लिनुभएको छ ?
सरकारले प्रभावकारी काम गर्न सकेको छैन । शान्ति सुरक्षा कायम राख्न सकेको छैन । बलात्कार, हत्या, हिंसा जस्ता अपराधका घटना बढिरहेका छन् । मूल्यवृद्धि नियन्त्रण हुन सकेको छैन । लोकतन्त्रमाथि हस्तक्षेप भएको छ । यसले जनतामा आक्रोष पैदा भएको छ । सुखी नेपाली समृद्ध नेपाल हाम्रो पनि चाहना हो । तर सरकारले भनेजसरी काम गर्न सकेन ।
यतिबेला राष्ट्रिय राजनीतिमा कांग्रेस कमजोर देखिएको छ । यस्तो अवस्थामा विवाद मिलाउनुपर्नेंमा किन बढिरहेको छ ?
नेपाली कांग्रेस संसद र जनस्तरमा खस्किएकै हो । यो अवस्थालाई सुधार गर्ने क्रममै छौँ ।
बाल्टिमोरको गोर्खाली फुटबल क्लबको आधिकारिक जर्सी (गन्जी)अनावरण कार्यक्रम सम्पन्न
अमेरिकाको डिसी क्षेत्रमा आयोजना हुने दशैँ–तिहार महोत्सव २०२२ मा १९७४ एडीका गायक एड्रियन प्रधानको प्रस्तुति हुने
अमेरिकामा गौरा प्रर्दशनी हुने
मगर संघ अमेरिकाको आठौं साधारणसभा सम्पन्न ,आपतकालीन राहत कोषको घोषणा
एचडिएनपी अन्तर्राष्ट्रियले कोषवृद्धि बार्षिक गाला कार्यक्रम गर्दै
प्रतिक्रिया