खाध प्रबिधिका उत्कृष्ट बिद्यार्थीहरु सम्मानित

इनेप्लिज २०७५ असोज २९ गते २:०३ मा प्रकाशित

काठमाडौं ,नेपालका बिश्वबिधालयहरुमा खाद्य प्रबिधि विषयमा अध्य्यनरत उत्कृष्ट बिद्यार्थीहरुलाई गोबिन्द बल्लभ पन्त नेफ्सा अवार्ड बाट काठमाडौंमा एक बिशेष समारोह बिच नगद पुरस्कार सहित सम्मानित गरिएको छ ।

सम्मानित हुनेहरुमा त्रिभुवन बिश्वबिधालय बाट २०१७ का लागि प्रकृति ढकाल , २०१८ का लागि प्रशान्त दाहाल र पूर्वान्चल बिश्वबिधालयबाट २०१८ का लागि संजय कार्की रहेका छन ।

उनिहरुलाई वरिष्ठ खाध बैज्ञानिक प्रा भिस्मानन्द बैधले पुरस्कार हस्तान्तरण गर्दै उज्ज्वल भबिष्यका लागि शुभकामना दिनु भएको थियो । समारोहमा पूर्वान्चल बिश्व बिद्यालयका पूर्व उपकुलपति प्रा जगत बहादुर के सी ,नेपाल सरकारका पूर्व सचिब उत्तम भट्टराई , खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभागका उपमहानिर्देशक उपेन्द्र राय , नेपाल खाध बैज्ञानिक तथा प्राबिधिक संघका अध्यक्ष नवराज उपाध्याय र शिबराज पन्तले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

कार्यक्रमको सभापतित्व गोबिन्द बल्लभ पन्त नेफ्सा मेमोरियल ट्रस्ट्का अध्यक्ष हिक्मत थापा र सन्चालन ट्रस्टका सदस्य सचिब नवराज दाहालले गर्नु भएको थियो ।

प्रतिक्रिया