“चिबोकका केटीहरु “सार्बजनिक

इनेप्लिज २०७५ असोज २७ गते १०:१५ मा प्रकाशित

काठमाडौं ।कवि हिक्मत थापाको कविता सङ्ग्रह ” चिबोकका केटीहरु” आज एक बिशेष कार्यक्रम बिच काठमाडौंमा सार्बजनिक भएको छ । नाइजेरियाको चिबोकमा सन २०१४ मा बोको हरामबाट अपहरित केटीहरुको बारेमा लेखिएको कबिता शिर्ष कबिता रहेको कबिता सङ्ग्रहमा ३६ कबिताहरु सङ्ग्रहित छन ।

बरिस्ठ कबि शैलेन्द्र साकार , एनआरएनएका पूर्व अध्यक्ष तथा लेखक जिबा लामिछाने र कबिका पिताजी आख्यानकार गगनसिह थापाले संयुक्त रुपमा सङ्ग्रहको बिमोचन गर्नु भएको थियो ।

समारोहमा कबिता , कवि र सङ्ग्रहका बारेमा कवि शैलेन्द्र साकार ,लेखक जिबा लामिछाने र कवि सुबिद गुरागाईले मन्तव्य ब्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया