” हिमालयन भाईब्स” टोरोन्टो द्वारा बिजया दशमि को उपलक्षमा मालश्री धूनको श्रब्य दृश्य सामाग्री सार्बजनिक (भिडीयो सहित)

इनेप्लिज २०७५ असोज २५ गते ३:०३ मा प्रकाशित

टोरोन्टो, क्यानडामा नेपाली लोक संगीत तथा सस्कृतिको प्रबर्द्दन तथा संरक्षण गर्ने उद्देश्यले गत केहि बर्ष अगाडी टोरोन्टोमा स्थापित ” हिमालयन भाईब्स”ले बिजया दशमि २०७५ को उपलक्षमा मालश्री धूनको श्रब्य दृश्य हालै सार्बजनिक गरेको छ।
संस्कृतिका धनि नेवाः समुदायको ऋतु अनुसार गाईने बिभिन्न राग हरु मध्य यो धून बिशेष गरि शरद ऋतुको दशै पर्बमा बजाईन्छ । दशै पर्ब सबैले मनाउने हुन्दा यो धून पहिला पहिला काठमाडौँ उपत्यकामा मात्र बजाउने भएतापनि अहिले राष्ट्रीय संस्कृति जस्तै हुन पुगेको छ र यो धून सुने पछी दशै आएको संकेत गर्दछ ।

टोरोन्टोको प्रशिद्द रमणीय स्थल ओन्टारियो तालको समिपमा छायांकन गरिएको सो श्रब्य दृश्य चित्रमा परम्पराअनुसार जमरा बितरण जेष्ठ दम्पति राम प्रसाद लम्साल र पूर्ण कला लम्सालले गर्नु भएको दॄश्य पनि दृश्याङ्कन गरिएको थियो |

नेपालका प्रशिद्द मादल बादक सानुराजा महर्जनको निर्देशनमा गरिएको सो मालश्री धूनमा उहाँले पक्षिमा, खीं बजाउनु भएको थियो भने रंजना सैन्जुले सिटार,हरि लम्सालले हार्मोनियम, प्रदीप बाँस्कोटाले बाँसुरी, उत्तम माकजू तथा सम्बिदा खनालले मादल, मनोज राजभन्डारीले गिटार, रिकेश श्रेष्ठले टिन्छू तथा किशोर राजभन्डारीले स्पेसियल ईफेक्ट बजाउनु भएको थियो।

त्यस्तै गरि बिजु महर्जनले श्रींगार मा सहयोग गर्नु भएको थियो ।सो श्रब्य दॄश्यको क्यामरामा कलाकार इश्वर थापा र प्रसिद्द क्यामरा
म्यान गोबिन्द नेपाल तथा सम्पादन इश्वर थापा ले गर्नु भएको थियो ।

” हिमालयन भाईब्स” ले आफ्नो सस्थापन काल देखिनै नेपाली समुदायको कार्यक्रमहरुमा निरन्तर रुपमा कार्यक्रम प्रस्तुत गर्दै आएको छ भने अन्तरराष्ट्रीय स्तरको कार्यक्रमहरु जस्तै ग्लोबल भिलेज फेस्तिभल, मुहटाडी ईन्टरनेसनल ड्रमिङ फेस्टिभल, क्यानडा डे ओटावा फेस्टिभल, मल्टीकल्चरल फेस्टिभल लगायतका कार्यक्रममा सहभागिता जनाई सकेको छ । साथै ” हिमालयन भाईब्स”ले नेपाली समुदाय बाहेक बंगाली तथा अरु समुदायको कार्यक्रममा सहभागिता जनाउनुको साथै नेपालको सहयोगार्थ क्यानेडियन संस्थाले गर्ने “फण्ड रेज” कार्यक्रममा पनि सहभागिता जनाउदै आएको छ भने बिभिन्न समुहमा मादल प्रशिक्षण पनि दिन्दै आएको छ ।

प्रतिक्रिया