दुष्टको होस् नाश :सच्ची मैनाली

इनेप्लिज २०७५ असोज २४ गते २२:१३ मा प्रकाशित

दुष्टको होस् नाश

दुष्ट्याईंको होस् विनाश

देशै नरहे के वाँकी रहला

भेष त गयो लौ भैगयो

पहिचान नरहे के वाँकी होला ?

जन्मभूमिमाथिको व्यभिचार

चेलीको अन्तहीन चित्कार

सोझालाई सधैंको सुली

वाँगाको सधैं हैकम चाल

सुन्दै हुनुहुन्छ ?

के छ नेपालको हाल?

असत्यको होस् नाश

अन्धकारको होस् विनाश

दुर्गुणको होस् उठिवास् !

यो चाड मान्ने सबैमा सुख, शान्ती, समृद्धि, सु-स्वास्थ्य तथा उत्तरोत्तर प्रगति को कामना गर्दै बिजया दशमीको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।

सच्ची मैनाली (Sachchi Mainali)

Resident Editor

enepalese.com

 

प्रतिक्रिया