खाध प्रबिधिका दुई उत्कृष्ट विद्यार्थी पुरस्कृत हुने

इनेप्लिज २०७५ असोज २३ गते २:३२ मा प्रकाशित

काठमाडौं ।त्रिभुवन बिश्वबिधालय र पुर्बान्चल बिश्वबिधालयका दुई उत्कृष्ट विद्यार्थीलाई हरेक वर्ष प्रदान गरिँदै आएको गोबिन्द वल्लभ पन्त स्मृति नेफ्सा अवार्ड , यस वर्ष त्रिभुवन विश्वविद्यालयका प्रसान्त दाहाल र पुर्वाञ्चल विश्वविद्यालयका संजय कार्कीलाई पुरस्कृत गर्ने घोषणा गरिएको छ ।

गोबिन्द वल्लभ पन्त स्मृति ट्रष्टका उपाध्यक्ष हरिहर गुरागाईले ट्रस्टका तर्फ बाट घोषणा गर्दै यो एवार्ड यसै हप्ता काठमाडौंमा प्रदान गर्ने जानकारी गराएका हुन । नेपाल भरका खाद्य प्रबिधि अध्यापन गराइने कलेजहरुमा बि . टेक. खाध प्रबिधीका उत्कृष्ट बिद्यार्थीहरु मध्री त्रिभुवन बिश्वबिधालय बाट १ जना र पुर्बान्चल बिश्वबिधालयबाट १ जना उत्कृष्ट बिधार्थीलाई यो एवार्ड बाट पुरस्कृत गर्ने गरिएको छ ।

ट्रस्टले नेपाल खाध प्रबिधी बिद्यार्थी संघ ( नेफ्सा ) को सहयोगमा यो पुरस्कार स्थापना गरेको हो ।

प्रतिक्रिया