सुनिल भन्छन् नेपाल आइडल भन्दा भ्वाइस अफ नेपाल राम्रो

इनेप्लिज २०७५ भदौ २४ गते १४:४२ मा प्रकाशित
पिएनपिखबर, भक्तपुर। चितवनको भरतपुर महानगरपालिका १७ भुवन बस्तीका सुनिल छिदाल २० वर्षका भए । बुबा तुलबहादुर छिदाल र आमा ज्ञानुमाया छिदालको कान्छो सुपुत्रको रुपमा जन्मिएका सुनिल बिएड प्रमथ बर्षमा अध्ययनरत छन् । अहिले उनको घरमा आमा, दाजु-भाउजु र दिदि छन् । उनका बुबाको स्वर्गारोहण भइसक्यो ।

सामान्य परिवारमा जन्मिएका उनलाई दैनिक खर्च चलाउन निकै समस्या छ । उनकी आमाले खेतीपाती गर्छिन् तर यसले घर खर्च चलाउन पुग्दैन । सानैदेखि कलाकारितामा रुची राख्ने सुनिल अहिले आफ्नो लक्ष्यको खुड्किलोमा टेक्दैछन् । उनको पहिलो गीत ‘मेरो सपना’ सार्वजनिक भएपछि उनी एकाएक परिचित बन्न पुगेका हुन् । एक मध्यम वर्गीय परिवारमा जन्मिएका उनी केहि समय अघि मात्रै भारतमा सेक्युरिटी गार्डको रुपमा काम गर्थे ।

उनले आफ्नो फेसबुकमा ‘आयो तिम्रो याद आयो’ बोलको गीत गाएर अप्लोड गरे । उक्त गीत थुप्रै पेजहरुबाट सेयर भएपश्चात उनी एकाएक भाइरल भएका हुन्।

रोजगारीकै लागि उनी भारत पुगेका थिए। तर उनलाई नेपालको मोहले छोडेन। उनलाई नेपाल नै आउन मन थियो। त्यसैले पनि उनी लामो समय भारतमा बसेनन्। डेनी लिम्बु र बलदेव राईको सहयोगमा उनी नेपाल फर्किए। नेपाल आए लगत्तै उनको अन्तर्वार्ता तात्तातो खबर नामक युट्युब च्यानल मार्फत प्रशारण भयो र आम दर्शकले उनको प्रतिभा हेर्ने मौका पाए।

उनको गायन प्रतिभाको कदर गर्दै कर्ण सञ्ज्यालले र स्टुडियो तरंग र गायक जय देवकोटाले उनलाई काठमाडौँ बोलाए। काठमाडौँ आएर उनले पहिलो गितकारुपमा आधुनिक गीत ‘मेरो सपना’ रेर्कड गराए । अहिले गित बजारमा आइसकेको छ । गायक तथा संगीतकार कर्ण सन्ज्यालको शब्द तथा संगीत रहेको गीतलाइ तरंग डिजिटल रेकर्डिङ स्टुडियोले बजारमा ल्याएको हो ।

उनले हाल दुई वटा गीत पनि रेकर्ड गराइसकेका छन्। उनको पहिलो गीत नै ट्रेन्डीमा आएको थियो। यसबाट पनि थाह हुन्छ कि उनी आम दर्शकको मनमुटुमा बस्न सफल भइसकेका छन्। अब संगीत क्षेत्रमा केहि गर्छु भनेर उनी लागिपरेका छन्।

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया