गरिबीको कारण विदेशिने युवाको पिडा र्‍यापमार्फत उतार्ने यी र्‍यापरको राजनीतिमा लाग्ने सपना

इनेप्लिज २०७५ भदौ २२ गते ११:१७ मा प्रकाशित

पिएनपिखबर, भक्तपुर। पछिल्लो समय पप, र्याप र रकगीतमा युवायुवतीहरूको मोह बढ्दै गएको पाइन्छ। नेपालीपन, मौलिकता र्यापमा पनि नहुने होइन तर र्याप पश्चिमी संस्कृतिबाट भित्रिएकोले र्याप मन नपराउने पनि को एक ठुलो जमात नै छ। अहिलेको सन्धर्भमा हेर्ने हो भने र्यापर नै भएर समाज नाम र दाम कमाउनेको पनि कमि छैन। र्यापर यम बुद्ध, लाउरे, भिटेन र्याप क्षेत्रमा सबैले सुनेकै नाम हो। कति त उनीहरुबाट नै उत्प्रेरित भएर पनि र्यापर बनेका छन्।

र्याप सुन्दै हुर्केका न्युगेन पनि यस्तैhttp://www.pnpmedianepal.com/wp-admin/link-manager.php र्यापरको अनुशरण गरेर र्याप क्षेत्रमा लागिपरेका हुन्। उमेरले उनी कलिलै छन्। उनी भर्खर १६ वर्षको भए। उनी आफुलाई एक युवा र्‍यापर भन्न रुचाउँछन्। उनले लागू पदार्थ दुर्व्यसन, रक्सीको समस्या, युवापुस्ताको पढाई, मायाप्रेम जस्ता समसामायिक र सामाजिक विषयहरु समेटेर गीत गाउने गरेका छन्।

पढाईमा उनी अब्बल नै छन्। विज्ञान विषय लिएर उनले आफ्नो अध्ययन पनि अघि बढाईरहेका छन्। उनी भन्छन् ,’म र्याप मार्फत समाज परिवर्तन गर्न चाहान्छु। मेरो र्याप हाने चाहाना भएता पनि भविष्यमा म एक कुशल राजनीतिज्ञ बन्न चाहान्छु। आफ्नो राष्ट्र कै लागि केहि गरौ भन्ने मोर सोच छ।’ देश र राजनीतिक दलको कार्य नजिकबाट नियालेर उनले बेलाबेला र्याप हानिरहेका हुन्छन्। उनको लागि र्याप नै एउटा माध्यम हो जसले समाजका कुरीति, बिसंगीती, विकृतिलाई घोज्पेज वा व्यंग गरेर समाज परिवर्तन गर्न सक्छन्।

आफ्नो छोराछोरिले राम्रो पढ़दियोस, राम्रो कमाई गरोस भन्ने जुन सुकै परिवार को पनि इक्षा हुन्छ। सोहि इक्षा न्युगेनको परिवारलाई पनि छ। उनी र्यापमा लागेको देखेर उनका परिवारले चिन्ता पनि गर्छन् साथै साथसहयोग पनि गर्दै आएका छन्। उनि भन्छन्,’परिवारबाट मलाई फिफ्टी फिफ्टी सपोर्ट छ।’

आजकाल र्यापमा प्रयोग गरिने अस्लिल शब्दले गर्दा पनि परिवारका अग्रज सदस्यलाई आफ्नो छोरा छोरी र्यापमा लागेको मन पर्दैन। तर न्युगेनको शैली छुट्टै छ। उनी भन्छन् ,’अस्लिल शब्द बिना पनि र्याप हान्न सम्भव छ। होला कतिपय अवस्थामा अस्लिल शब्द र्यापमा आवश्यकता होला तर म यो कुरालाई मान्दिन। मैले र्यापका शब्द आफै लेख्छु र आजको दिन सम्म मैले अस्लिल शब्द प्रयोग गरेको छैन। भविष्यमा पनि गर्ने छैन।’

उनी लाउरे भिटेन जस्तो र्यापर बन्न चाहदैनन्। आफ्नो छुट्टै ब्राण्ड बनाउन उनी लागिपरेका छन्। त्यसैले पनि उनी अश्लिल शब्द प्रयोग गरे मात्र चर्चा कमाउन सकिन्छ भन्ने पक्षमा छैनन्। बच्चा देखि बुढोले सम्म सुन्न सक्ने खालको र्याप गीत मात्र कम्पोज गर्ने उनले प्रतिबद्दता नै गरेका छन्। उनी भन्छन् ,’र्याप भनेको यस्तो होस् जसले समाजमा सकारात्मक असर छरोस।’

उनले छिट्टै उनको आफ्नै रचनामा र्याप गीत रिलिज गर्दै छन्। यो भन्दा अघि पनि उनका दुईवटा र्याप गीत रिलिज भइसकेको छ। अब अघिल्ला र्याप गीत भन्दा अझै राम्रो र फरक खालको र्याप गीत दर्शक माझ ल्याउन लागेको उनले बताए।

हेर्नुस न्युगेनसँग गरिएको कुराकानी:

 

प्रतिक्रिया