कस्तो डरलाग्दो समय आयो!

आशा गुरुङ २०७५ भदौ २० गते ०:४७ मा प्रकाशित

हे भगवान कस्तो डरलाग्दो समय आयो…

चारै दिशा आन्धकार ले छायो ।।

भन्छन खाना खानु लाउँनु…

राम्रो पायौ तर पनि आज हामीले

किन दु:ख मात्र पायौ……

किन कि लोभी हाम्रो मन ।

लुट्न खोज्छ अरुको मात्र धन।

किन हाम्रोमा यत्रो पागल पन।

त्यसै कारण ६लोक मा…

घुमी रहन्छौ फना फन।

न हुना सक्यो शुद्ध मन…..

न थुपारनै सक्यो धर्मका धन।

न स्थिर हुना सक्यो यो हाम्रो मन।

त्यसैले रुनु पर्छ हर पल हर छेण।

हामीले जानेका छौं अरुको मन दुःखाउन…

आफुले गरेको पाप चैं खोज्छौ लुकाउँन ।

समुद्रको पानी लाई कस्ले सक्छ र सुकाउँन…

पापीको खुट्टामा सत्यलाई सक्दैन कसैले झुकाउँन।।

 

 

प्रतिक्रिया