अक्षरै मा पोखे आज यो अमिलो मनको सारा
कठपुतली बनिछाड्यौ यो मुलुकमा धनको सारा
कहिलेकाँही त सोच्ने गर्छु कता कता चुकेका छौ
स्वाभिमान त भन्छौ तर यो मुलुक मा झुकेका छौ ।
फर्की तिनै गाँउपाखामा डुल्ने रहर जाग्न थाल्यो
धुलो धुँवा कच्ची बाटो अचेल प्यारो लाग्न थाल्यो
चाडपर्व आँउदा पनि रुनु पर्ने कस्तो भाग्य
आफ्नै देश बाट टाढा हुनुपर्ने कस्तो भाग्य ।
बाआमा लाई नटेरेर विदेश विदेश गरेको थिए
लामो लाइन बसिबसी मैले डि भी भरेको थिए
जिबन जिउन सक्थे होला हाम्रा तिनै शहर गाउँमा
मै पनि त अटथे होला तिन करोड अट्या ठाँउमा ।
२०-३० लाख कमाउदैमा के कमाए भन्नु र खै
भित्र यो मन रमाउदैन के रमाए भन्नु र खै
कमाएको छैन भन्यो होइन तैंले धाटिस भन्छन
नबोलेर चुप्प बस्यो धन कमाइ मातिस भन्छन ।
तँ यहा आउनै पर्छ कोहिले मलाई डाक्या होइन
हातखुट्टा बाँधी मलाई यहाँ कसैले राख्या छैन
तर पनि यो दलदलमा किन फंसे थाहा छैन
जान्छु भन्दै यत्रो बर्ष किन बंसे थाहा छैन ।
न त देश मा जम्न सके,न त यहाँ रम्न सके
न त यहा खुल्न सके , न मेरो देश भुल्न सके
दिनरात सताई रहने चिन्ता यौटा यसैमा छु
मुटु भरी देश बोक्छु आफु भने विदेश मा छु ।
भाग्यमानी लाई त विदेश आउने रहर जाग्दैन भो
साँच्चै भाग्यमानी को त भिषा पनि लाग्दैन भो
धन का पछि भौतारिदै जाने भयो जिन्दगी त
डलरै का चक्रब्युह ले लाने भयो जिन्दगी त ।
प्रतिक्रिया