पेटिकोट लगाएर बलात्कारीलाई फासी हुनुपर्छ भन्दै सडकमा उत्रिएकी साबित्रीले गरिन् कपाल मुण्डन ! [हेर्नुहोस भिडियो सहित]

इनेप्लिज २०७५ भदौ १४ गते ११:२३ मा प्रकाशित

भक्तपुर : बलात्कारबाट मृत्यु भएका महिलाहरुको सम्झनामा अधिकारकर्मीले आज रिपोर्टर्स क्लब नेपालमा सामूहिक कपाल मुण्डन गरेका हुन् । सामाजिक अभियन्ता सावित्री सुवेदीको नेतृत्वमा जितेन बान्तवा, प्रकाश गौतम, दाबिन नोर्वु शेर्पा र हरि दुलालले बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने माग गर्दै आज सामूहिक केश मुण्डन गरेका हुन् । त्यस्तै उनीहरुले संविधान संशोेधन गरेर जघन्य खालका बलात्कारका घट्नामा बलात्कारीलाई फाँसीको व्यवस्था गर्नुपर्ने माग पनि रोखका छन्।

मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर आफुहरुको दोस्रो चरणको बिरोध आन्दोलन अनुरुप आज केश मुण्डन गरेको सुवेदीको भनाई छ ।पाँच वर्षदेखि निरन्तर रुपमा बलात्कारीलाई मृत्यदण्डको माग राख्दै आएकी अधिकारकर्मी सुवेदीले सरकारलाई कर्तव्यवान र जिम्मेवार बनाउन आफूहरुले निरन्तर रुपमा सांकेतिक बिरोधका कार्यक्रम गर्दै आएको बताईन् ।

उनले भनिन् ,‘प्रधानमन्त्रीले बलात्कार, अत्याचार, भ्रष्टाचारजस्ता जनता र देशहितबिपरित घट्नालाई शुन्य सहनशिलताको मिठा भाषण गर्नु हुन्छ तर कार्यव्यवहारमा त्यसको कुनै महसुस गर्न पाईदैन, दिन प्रतिदिन बलात्कारका घट्नाहरु बढिरहेका छन्।’

महिला पुनःस्थापना केन्द्र ओरेकले सार्वजनिक गरेको तथ्याङक अनुसार १८ वर्ष मूनिका १० जना र १८ वर्ष माथिका ४ जना महिलाहरु बलात्कारपछि हत्या गरिएको बताउँदै उनले बलात्कारपछि हत्याजस्ता क्रुरतापूर्वक रुपमा घट्नामा संलग्नलाई फाँसीबाहेक अर्को कुनै कारबाही कम हुने बताएकी छन् । भदौ २ गते माईतीघर मण्डलामा पेटिकोट लाएर प्रदर्शन गरेका अधिकारकर्मीले नयाँ नयाँ तरिकाले आन्दोलन गरिरहेको छन् ।

प्रतिक्रिया