मनोबृती :बालानन्द भण्डारी

इनेप्लिज २०७५ भदौ ६ गते १०:३८ मा प्रकाशित


व्यक्तिगत बिभिन्नता समाजको स्वरुपनै हो जसमा चरित्र /आचरण जोडिएको हुन्छ । मानिसलाई निश्चित सामाजिक बन्धनमा राख्न (जसले सभ्य समाज बनाउन सहयोग गर्छ )आज जस्तो नियम , कानुन अनि जरिवाना आदीको चलन नभएर होला हिजोका दिनमा धर्म लाइ अस्त्र / त्रासको रुपमै (जस्तै पुन्याय परम्धरम , पापाय परपिडनम ) देखाएर भए पनि लगभग यसकै का गरेको थियो ।

आजका दिनमा आएर कतिपय मासिनको सोचमा आएको परिवर्तनका कारण धनको आडम्बर , घमण्ड , रिस , इख , कुण्ठा ,प्रतिशोधको भावना , हतोत्साही , आवेग , मानवीय सम्बेदंसिलतामा ह्रास , रूखोपन , बहुलठीपन , कुलतको शिकार ,चोरी, डामेर छाडेको साँढे (खासगरी पुरुष ) आदीका कारण समाजमा डर लाग्दा घटनाहरु बढिरहेका छन ।११ ,१२ ,१३ बर्षीय बालिका सामुहिक बलात्कृत अनि नपुगेर मुख थुनेर ,घाटी थिचेर हत्या ।

अब प्रश्न आउछ दोषीको ? अपराधी । बिबादनै रहेन| के उनीहरुमात्र हो त् ? २ , ४ जना अपराधी कानुनि दायरामा आउदैमा मनोवृतिमा परिवर्तन आइ सभ्य समाजको अनुभूति हुनसक्ला ?

घोत्लिन पर्ने आजको टडकारो बिषय ।

प्रतिक्रिया