ललितपुर काँग्रेस विवाद: अमात्य नसच्चिए समानान्तर पार्टी चलाउने मलेकुको चेतावनी

इनेप्लिज २०७५ भदौ १ गते ११:०१ मा प्रकाशित
ललितपुर: ललितपुर कांग्रेसमा पार्टी कार्यालय जग्गा विवादको बिषय यतिबेला गुट-उपगुटको रुपमा चरम उत्कर्षमा पुगेको अवस्थामा महासमिति सदस्य जितेन्द्र मलेकुले सभापति अमात्य पार्टी कब्जा गर्ने मनसुवा राखी अरुको चरित्र हत्या गर्न लागिपरेको बताएका छन। मंगलबार केहि संचारकर्मीसँग कुरा गर्दै मलेकुले मदन अमात्य समूह १४ औ महाधिवेसन नजिकदै गरेको अवस्थामा पुनः जिल्ला सभापति बन्ने महत्वकान्क्षा राखी पार्टी भित्रको आन्तरिक विवाद बाहिर ल्याइ एकलौटी ढंगले पार्टी चलाई कब्जा गर्न खोजेको आरोप लगाए ।
सभापति मदनबहादुर अमात्यले जिल्लाकै पुराना नेता ओमकार श्रेष्ठविरुद्ध एक साता अघि ललितपुर–१४ नख्खीपोटमा रहेको कांग्रेसको पार्टी कार्यालय भवन जग्गा ओमकार श्रेष्ठ सभापति रहेका बेला आफ्नै नाममा पास गराएको भन्दै मुद्धा चलाएपछि यो विवाद सतहमा आएको हो । कित्ता नम्बर ६१२ को आठ आना जग्गा ०४७ साल चैत ११ गते धर्म र कृष्णले कांग्रेस पार्टीलाई दान दिएका थिए ।
संचारकर्मीसँग कुरा गर्दै मलेकुले भने, ‘जग्गा फिर्ता गर्न नमानेको भन्दै पार्टी सभापति अदालत धाउनु भएको छ। सत्य त के हो भने ओमकार श्रेष्ठ मन्त्रि हुनुभएको समयमा सम्पत्ति विवरण बुझाउदा उक्त पार्टी कार्यालय भवनको जग्गा पार्टीको नै रहेको विवरण पेश गर्नुभएको सबैमा सर्वबिदितै रहँदा समेत किचलो निकालेर केहि हुल जम्मा पारि गुन्डागर्दीको शैलीमा प्रस्तुत हुनुले उहाँको नियत उदांगो भएको छ।’

प्रतिक्रिया