‘करणी मुद्दाका अभियुक्त पक्राउ’

इनेप्लिज २०७५ साउन २९ गते १२:३४ मा प्रकाशित

लहान, साउन २९ गते । छिमेकी महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा फरार रहेका एक युवकलाई ६ महिनापछि सिरहा प्रहरीले आज पक्राउ गरेको छ ।

अभियुक्त सिरहा नगरपालिका– ३ निवासी २३ वर्षीय धर्मेन्द्र भनिने सुरेशकुमार ठाकुर शर्मालार्ई पक्राउ गरी आवश्यक कारवाहीका लागि अदालतमा पेश गरिएको सिरहा प्रहरीले जनाएको छ ।

गत साल माघ २५ गते जबर्जस्ती करणी गरी फरार भएका शर्मालाई खोजतलास गर्ने क्रममा सोमबार बिहान पक्राउ गरी आवश्यक कारवाहीका लागि सिरहा जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया