पोखरामा भेटिए गोल्डेन म्यान, जीउमै लाउँछन् ४० तोला सुन, जनै पनि सुन

इनेप्लिज २०७५ साउन २९ गते ११:२४ मा प्रकाशित
कुनै बेला खान र लाउन धौ–धौ भएका बेदराज न्यौपाने अहिले पोखराका चल्ताफुर्ता व्यवसायी हुन् । यति मात्रले उनको परिचय पुग्दैन । सामाजिक सेवामा कटिबद्ध भएर लागेका समाजसेवी व्यक्ति हुन् । सामाजिक सेवा भनेपछि हुरुक्कै हुने न्यौपाने पोखरा २७, गोल्डेन मार्गमा बस्छन् । सानो उमेरदेखी नै निकैै कष्ठ भोगेका न्यौपाने रोजगारीको लागी मलेसिया, दुबई गए । केही गरौं भनेर नेपाल आए तर केही गर्न सकेनन् । पछि फेरी भारत छिरे । भारतको नोकरीले उनलाई आर्थिक रुपमा मात्र होईन् बिचार र सामाजिक भावसमेत प्रदान गर्यो । साबिकको लेखनाथ नगरपालिका कार्यालय नजिकै उनको २ वटा घर छन् भने आर्को घर बन्दै छ ।
उनमा एउटा सोख छ, सुनको । उनका हात र जीउभरी सुन देखिन्छन् । उनी जहाँ जान्छन् जीउमा ४० तोल भन्दा बढी सुनको गरगहना लगाएर जान्छन् । उनी भन्दैथिए जनै पनि सुनको थियो । यत्तिका गरगहना उनले सोखले किनेका हुन् । सुन लगाउने सोखका कारण उनेको शरिरमा अहिले पनि ४० तोला भन्दा बढी तौलको सुन लगाएरै निर्धक्क हिड्छन् । हेरौं उनै गोल्डेन मार्गका गोल्डेन म्यान बेदराज न्यौपानेसंग गरिएको कुराकानी ।

प्रतिक्रिया