९५ लाख क्षतिपूर्ति तिरेर साउदीबाट फर्के प्रेम राई, सरकारलाई दिए यस्तो सुझाव

इनेप्लिज २०७५ साउन २४ गते ११:१७ मा प्रकाशित

पिएनपिखबर, भक्तपुर। प्रेम बहादुर राई घर परिवारले झेल्नु परेको अार्थिक अभावका कारण वैदेशिक रोजगारको क्रममा साउदी अरबमा धन कमाउने उदेश्य लिएर विदेशिएका थिए।

माइ गाउँपालिका, दानाबारी स्थायी घर भएका राई काठमाडौंको सामाखुसीमा रहेको ओभरसिज प्रा. लि. बाट मार्फत साउदी अरबको अल सवाली इन्टरनेशनल कम्पनीमा पुगेका थिए । राईले उक्त कम्पनीमा गाडी चालक काम गरिरहेका थिए । लामो समयसम्म ड्राइभिङ गर्दागर्दै एक दिन निकै थकित भए । बीच बाटोमै अाराम गर्न भनेर गाडी रोके, ट्रकमा रहेको इलेक्टि्रकल केवल चोरी भयो ।

कम्पनीले उक्त समान बिगो (वाएर) बराबरको रकम भुक्तानी गर्न प्रेमलाइ कम्पनीले अदालतमा मुद्दा हाल्यो । प्रेमले सो रकम भुक्तान गर्न नसकेपछि साउदी सरकारी अदालतले मलाज जेलमा २ महिना जेल र ५० कोरा जेलको फैसला गरेको थियो तर उनले जेल सजाय पूरा गरि सकेका थिए । तर, पछि सोही आरोपमा सार्बजनिक अदालतमा कम्पनी मालिकले मुद्दा दर्ता गराइ पुनः ३ लाख १० हजार भुक्तान नगरुन्जेलसम्म आजीवन जेल जीवनको फैसला सुनाइएको थियो।

राईले चलाएको लरीले बोकेको केबल तार चोरी भएपछि त्यस बापतको क्षतिपूर्ति रकम ३ लाख १० हजार रियाल (९५ लाख नेपाली रुपैयाँ) भुक्तान गर्न कम्पनीले माग गरेको थियो । पैसा बुझाउन नसक्दा कम्पनीले मुद्धा हालेपछि उनी साउदीको जेलमा कष्टकर जीवन बिताउन बाध्य हुनु भएका थिए। एउटै आरोपमा उनले दुई पटक जेल सजाय भोग्नु पर्यो।

अहिले उनी दुई वर्ष चार महिना जेल जीवन बिताएर नेपाल फर्किसकेका छन्। परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावासमार्फत कम्पनीले तोकेको बिगो रकम भुक्तान भएपछि राई आइतबार नेपाल फर्किएका हुन्। प्रेम बचाऊ अभियान मूल समितिले जानकारी अनुसारप्रेम साउन २० गते (५ अगष्ट) आइतबार बिहान साउदी अरबको समय अनुसार ६ बजे दिल्ली हुँदै ४ः१५ बजे काठमाडौं आइपुग्नेका हुन्।

उनले आफु जेल छदा राज्यले कुनै पनि सहयोग नगरेको भन्दै गुनासो गरे। उनी विरामी पर्दा समेत नेपाल दुतावासले वास्ता नगरेकोमा उनको चित्त दुखाई छ। पटक पटक उनले उनको अवस्था बारे जानकारी गराए पनि उनलाई भेट्न दुतावसबाट कोहि नआएको उनको भनाई रहेको छ।

उनी भन्छन् ,’हामी विदेशिएका नेपालीले स्वदेशमा पैसा पठाउदा आइएमइबाट पठाउछौ। आधि देश नै हाम्रो कमाईको पसिनाले चलेको छ। तर हामीलाई नै अप्ठेरो पर्दा राज्यले मतलब सम्म गरेन।’

प्रतिक्रिया