प्रस्तोता संगै दोहोरी खेल्दै गायिका गंगा गौतम, भन्छिन्-‘राष्ट्रिय कलाकार भन्दा कम छैनौ

इनेप्लिज २०७५ साउन १८ गते २३:२७ मा प्रकाशित
इटहरी/ लोकगित पारखीहरु तथा प्रदेश नम्बर १ सहित समग्र देशको एउटा चम्किलो गहना हुन् पुर्बेली लोक गायिका गंगा गौतम । गीतसंगीत त्यस मध्ये पनि लोकगितको माध्यमवाट आफुलाई देश तथा विदेश सम्म परिचित गराउन सफल गायिका गंगा गौतम अहिले निकै व्यस्त देखिन्छिन । देश भित्र भैरहने कन्सर्ट तथा महोत्सबमा समेत व्यस्त रहेकि गौतम अहिले तिज बिशेस कार्यक्रमको तयारीमा निकै व्यस्त छिन । तिजको गीत सार्बजनिक गरे संगै मिडियामा गंगाको उपस्थिति पनि बिस्तारै बाक्लिदै छ । भर्खरै सार्बजनिक एक अन्तरबार्तामा उनले प्रस्तोता संगै दोहोरी समेत खेलेकी छिन । हेर्नुस् यो रमाईलो भिडियो अन्तरबार्ता ।
नेपालिहरुको महान चाड हरितालिका तिज पनि नजिकिदै छ । यहि तिज बिशेस चहलपहल भैरहदा नेपालि गीतसंगीत क्षेत्र पनि अहिले तिज बिशेस गित मार्फत तत्तिरहेको छ । गीतसंगीत मार्फत आफ्ना भावनाहरु नेपालि चेलीहरुले माइती सामु साटासाट गर्ने अनि माइती चेली संगै बसेर मिठा-मिठा परिकार संगै रमाइलो गर्ने साथै आमा दिदीबहिनीहरुले ब्रत बस्ने भएकाले पनि हरितालिका तिज अन्य चाडपर्ब भन्दा अलिक पृथक छ । मानब जिबनको महत्वलाइ नजिकै वाट बुझेकी गायिका गौतम नेपालि समाजमा घटेको यथार्थतालाई गीति भावमा चित्रण गर्न निकै माहिर छिन ।
स्टेजमा लाइभ दोहोरि गाएर जनमासलाई बाध्न सक्ने खुबी भएकी गौतमले धेरै गीतहरुमा आफ्नै शब्द राखेर गित सार्बजनिक गरेकी छिन । बिगतका बर्ष भन्दा निकै व्यस्त बनेकि गायिका गंगा गौतम यस पटक युएइमा हुन लागेको तिज बिशेष शोमा समेत दर्शक माझ प्रस्तुत हुने भएकी छिन, यो उनको पहिलो विदेश सांगीतिक कार्यक्रम पनि हुनेछ । दिन प्रतिदिन लोकप्रियता बढे संगै दर्शक श्रोता माझ नया नया प्रस्तुति दिदै आएकी गंगाले भर्खरै तिज गीत संगै भीमफेदी गाईज र रक्षा श्रेष्ठलाई राखेर एक गीतको भिडियो पनि सार्बजनिक गरेकी छिन ।
https://youtu.be/uJR0dH339AQ

प्रतिक्रिया