निर्माताले नायिकालाई सुटुक्क लगेको भन्दै अन्तर्वार्तामै यसरी रिसाए सरापे

इनेप्लिज २०७५ साउन ९ गते २१:४४ मा प्रकाशित

पिएनपिखबर, भक्तपुर। अनुप बिक्रम शाही स्टारर फिल्म ‘झमक बाहादुर’ को दोस्रो ट्रेलर सार्बजनिक भए लगत्तै अर्को लभ सङ रिलिज हुने क्रम छ। सबैले भनेर कुरिरहेको फिल्म मध्यमा एक पर्छ ‘झमक बहादुर’। रिलिज हुने मिति निजिकिनुका कारण पनि अहिले ‘झमक बहादुर’ को टिम फिल्मको प्रमोसनमा व्यस्त छन्।

फिल्मका निर्माता एवम् कलाकार मिन कुमार तामाङको भनाई अनुसार कमेडी विधामा निर्माण भएको छ । फिल्ममा अनुप बिक्रम शाही, यादव देवकोटा, राजु कमेडी, सुजता थापा, मिन कुमार तामाङ, नियोना गुरुङ, राजन महर्जन, कल्यान अधिकारी, कोनिका घिमिरे, सान्त प्रसाद श्रेष्ठ लगायतको अभिनय देख्न सकिन्छ।

फिल्ममा भोमन कटुवालको निर्देशन, कल्याण अधिकारीको कथा र पवन गौतमको छायांकन रहेका छ । फिल्मलाई मिन कुमार तमाङले निर्माण गरेका हुन्, भने अनिल कुमार महर्जनको सम्पादन रहेको छ । फिल्ममा जीवन थापा, राजन, सलिना लगायतको कोरियोग्राफी रहेका छन् । फिल्म दियालो इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो ।

देश भरकै हलमा यस फिल्म श्रावण १८ गते शुक्रवारको दिन अल नेपाल रिलिज हुने भएको छ । उक्त फिल्म सँगसँगै कायरा पनि यसै मितिमा रिलिज हुने भएको छ। आम दर्शकले दुई वटा फिल्मलाई नै उत्तिकै मन पराइदिने झमक बहादुर टिमको बिश्वाश रहेको छ।

फिल्मको प्रमोसनकै क्रममा झमक बहादुरको टिमसँग पिएनपिखबरले अन्तर्वार्ता लिएको छ। उक्त अन्तर्वार्तामा निर्माता तथा कलाकार मिन कुमार तामाङ, कमेडीयन राजु कमेडी, सरापे र सुजाता थापाको उपस्थिति रहेको थियो।

प्रतिक्रिया