अपांग भएकै कारण आफ्नो श्रीमानले छोडेपछि यी गायिकाको यस्तो हालत [हेर्नुहोस् यो मार्मिक भिडियो]

इनेप्लिज २०७५ असार ३० गते ११:३० मा प्रकाशित

पिएनपिखबर, भक्तपुर। यो संसारमा दुख कसलाई पर्दैन र। तर जन्मे देखि नै दुखको पोखारिमा डुबेकी शुभद्रा पौडेल नै होलिन्। उनको जीवन कथा सुन्दा यस्तो लाग्छ उनलाई भाग्यले ठगेकै हो। यद्दपि उनी सांगीतिक यात्रामा निरन्तर संघर्ष गर्दै आफ्नो सुखी भाग्य आफै कोर्ने योजनामा छिन्।

शुभद्रा पौडेल सबै भन्दा कान्छी छोरी हुन्। उनी जन्म जातै अपाङ्ग भएर जन्मिएकी होईनन्। जन्मिएको आठ महिनामा अगेनामा परेर उनको दूबै खुट्टाहरु गुम्न पुगे। अहिले उनी कृतिम खुट्टाको सहायताले सामान्य हिँडडुल गर्न सक्छिन्।

उनको कहाली लाग्दो जीवन कहानी सुनेर नरुँने त सायद यो दुनियाँमा विरलै होलान्। तर आज ऊनी कसैको दयाको पात्र होईन, धेरै हिम्मतहाराहरुका लागि ऊर्जा बनेर बाँचेकी छिन्। आफूलाई बाह्र-बाह्र वर्षसम्म प्रयोग गरेर छोडेको आफ्नो श्रीमानको कुभलो कहिल्यै नचिताऊने शुभद्राको यो सकारात्मक सोंचले अहिलेको यो मध्य कलियुगमा कतै मूनामदन र लैनामज्नुको काल्पनिक कथालाई नै चुनौती दिएको होकी जस्तो लाग्नु स्वभाविक नै हो।

शुभद्राका श्रीमान सपाङ्ग हुन्। मायाप्रेम बसेर नै उनीहरु विवाह बन्धनम बधिएका थिए। विवाह अघि उनको श्रीमानलाई उनी अपांग हो भनेर राम्ररी थाह थियो। विवाह वर्ष सम्म उनीहरुको सम्बन्ध सुमधुर नै रह्यो। उनको एक छोरा पनि छ। केहि वर्ष पछिको सुमधुर सम्बन्धमा कालो बादलको छाया पर्यो। अचानक शुभाद्रका श्रीमानले डिभोर्स दिन भने। तर उनले मानिनन्।

डिभोर्स नदिएकै कारण उनलाई उनको श्रीमानले थुप्रै दवावहरु दिन थाले। रासनपानी बन्द गरिदिए, कोठाभाडा तिरिदिएनन्। तर पनि उनले हरेश खाइनन्। उनले आफै काम गरेर आफ्नो जिविको पार्जन गर्न थालिन्। अहिले उनका श्रीमान कुनै महिलासँग विवाह गरेर बसेको उनको भनाई रहेको छ।

शुभद्राका श्रीमानले डिभोर्स दिन लगाउन यति सम्म दवाव दिए कि बयान गरेर साद्दे छैन। उनको मुटुको टुक्रा उनको छोरा समेत लगे। उनी गुनासो गर्दै भन्छिन् ,’तेरो छोरा चाहिन्छ भने डिभोर्स दिएर लैजा नत्र छोरा पाउदिनस तर म डिभोर्स दिन्न कपडा हो र लगाउन मन लागे लगाउनि फाल्दिने।’

प्रतिक्रिया