कलाकार तथा युनाईटेड नेपालका अध्यक्ष किरण प्रताप केसीलाई मातृशोक

इनेप्लिज २०७५ असार २७ गते २२:५० मा प्रकाशित

लामो समय देखि अमेरिकाको डिसी महानगर क्षेत्रमा बसोबास गर्दै आएका कलाकार तथा युनाईटेड नेपालका अध्यक्ष किरण प्रताप केसीलाई मातृशोक परेको छ । आज उनकी ममतामयी आमा शुभद्रा केसी को निधन भएको ८ औ दिन भएको छ भने वहा ७९ बर्षिय हुनु हुन्थ्यो ।

अमेरिकाकै डिसी क्षेत्रमा रहेका द्वय सहोदर दाजुभाई किरण प्रताप केसी तथा सुबु प्रताप केसी नेपाल पुगेका छन् । दुवै आमाको अन्तिम दाह संस्कारमा नेपाल पुगेका छन् ।

किरण प्रताप केसीले आफूलाई यस्तो दुख पर्दा आफन्त ,इष्ट मित्र ,शुभ चिन्तक ,साथीभाईले सामाजिक संजाल मार्फत र व्यक्तिगत रुपमा समबेदना दिने सबैलाई धन्यबाद दिन चाहेको बताए ।

इनेप्लिज परिवार स्वर्गीय मुवा शुभद्रा केसी प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै मृतआत्माको चिरशान्तिको कामना गर्दछ । दुःखको यस घडीमा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछ ।

प्रतिक्रिया