गो फण्ड डोनेसन लिंक !

इनेप्लिज २०७५ असार २२ गते २१:४३ मा प्रकाशित

सारा अमेरिका जुलाई फोर्थको स्वतन्त्रता दिवसमा रमाईरहेको समयमा हामी नेपालीलाइ भने एक दु:खद अवस्था आइपरेको छ । भर्जिनियाको हरन्डन स्थित फ़्रेंकलिन फ़ार्मको “Sunoco “ ग्यास स्टेशनमा काम गरिरहेको अबस्थामा रेशम बजगाईलाई बिहान १:१५ बजे अज्ञात समुहले हत्या गरेका छन् । पुर्ख्यौली घर गोरखा भई हालै चितवन जिल्लाको भरतपुर सर्नु भएका उहां अमेरिका आएको ९ महिना मात्र भएको थियो । उहाकी एउटी ५ बर्षकी छोरी र श्रीमती अमेरिकामै हुनुहुन्छ । यस दु:खद अवस्स्थामा केही सहयोग पुगोस भनेर एन आर एन भर्जिनिया च्याप्टरले गो फण्ड खोलेको छ । हार्दिक श्रद्दान्जली रेशम भाई ।सहयोगको लागि यहॉ थिच्नुहोला : https://www.gofundme.com/helpfamily-of-resham-who-was-killed?teamInvite=XQNjaIr52RdGKHuxSIImwpft9C9OHXLFMsdJ1t8lnr7fv4SufXwnrD2RWdWX8iq4

 

 

प्रतिक्रिया