रोल्पामा पहिरोले घर पुरिँदा १८ दिनकी सुत्केरीसहित एकै परिवारका तीनजनाको मृत्यु

इनेप्लिज २०७५ असार १८ गते ११:०२ मा प्रकाशित

रोल्पा, १८ असार । पहिरोले घर पुरिँदा एउटै परिवारका तीनजनाको मृत्यु भएको छ । रुन्टिगढी गाउँपालिका– ५ सैवाङमा घर पुरिँदा भान्सामा आगो तापेर बसेका तीनजनाको मृत्यु भएको हो ।

राष्ट्रिय समाचार समितिका अनुसार मृत्यु हुनेमा १८ दिनकी सुत्केरी २२ वर्षीया कमला विश्वकर्मा, उनकी १८ दिनकी छोरी र जेठाजुको छोरी १५ वर्षीया चित्रा विश्वकर्मा रहेका छन् ।

तीनैजनाको शव परीक्षणका लागि होलेरी प्राथमिक स्वास्थ्य केन्द्र लगिएको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए । घटनास्थल सदरमुकाम लिवाङबाट दुई दिनको पैदल दूरीमा पर्छ ।

प्रतिक्रिया