सञ्जय मित्र÷ र्राैतहट
सुगम मानिने रौतहटको एउटा दुर्गम गाउँमा बिजुली बलेपछि खुसियाली मनाइएको छ । रौतहटको गुजरा नगरपालिका ३ सिम्रीमा बिजुली बलेपछि स्थानीयले पन्चेबाजा बजाउँदै नाचगान गर्दै अबिरजात्रा गरेर खुसियाली मनाएका हुन् ।
तीनतिरबाट जंगल र दुईतिरबाट खोलाको बीचमा रहेको दुर्गम सिम्रीको सबैभन्दा नजिकमा सात किलोमिटरमा बिजुली बलेको देखिन्थ्यो । सिम्रीबासीको नजिकको बजार भनेको बाराको निजगढ हो । माझी, पहरी, राई तथा दनुवार लगायतका पिछडिएका जातिको मुख्य बसोबास रहेको सिम्रीमा बिजुली नै स्थानीयको मुख्य समस्या रहेको बारा जिल्लाको बरियारपुरमा रहेको प्रसिद्ध गढीमाई मन्दिरका मुख्य पुजारी ८३ वर्षीय दुखन कछाडियाले बताएका छन् ।
आफ्ना बाजेको पालादेखि नै बिजुलीको सपना रहेको तर साँसद प्रभु साहले आफ्नो जीवनको करिब उत्रराद्र्धमा पूरा गरेको पुजारी कछाडियाले बताए । महिनाको एक दिन वरियारपुरमा पूजा गर्न जाँदा बिजुली बलेको देखेर आफ्नो गाउँको बिजुलीको सपना कहिले पूरा हुने भन्ने प्रश्न मनमा उठ्ने गरेको तर आफ्नै आँखा अगाडि शनिवार दिउँसो बिजुली बल्दा आफैँलाई पत्याउन मुस्किल परेको पुजारी कछाडिया बताउँछन् ।
गाउँमा खानेपानी, सडक, विद्यालय, खोला, जंगली जनावरको आक्रमण लगायतको अनेक समस्या रहे पनि सम्पूर्ण गाउँबासीले साँसद प्रभु साहलाई बिजुलीको सपना पूरा गर्न एक स्वरले आग्रह गरेकामा बिना कुनै बजेट बिजुली पुगेपछि स्थानीयबासीको खुसीको सीमा छैन । शनिवार दिउँसो प्रतिनिधि सभा सदस्य प्रभु साहको अगुवाइमा साँसद समिना हुसैन, प्रदेश सभा सदस्यद्वय कुन्दन कुशवाहा र नागेन्द्र यादवले ट्रान्सफर्मरको स्वीच अन गरेर एक साथ दुईवटा एलइडी चिम बाल्दा स्थानीयबासीमा सीमाहीन खुसी देखिएको थियो ।
स्थानीयबासी एकापसमा खुसी साटासाट गर्दै, भावुक हुँदै नाचगान गर्न थाले । स्थानीय नागरिकको सबैमन्दा ठूलो सपना नै बिजुली भएकोले बिजुलीको सपना पूरा भएको ऐतिहासिक दिनलाई दीपावली गरेर मनाउन समाजसेवी काजीमान माझीले आह्वान गरे । समाजसेवी माझीले नै स्थानीय तहमा नेतृत्व गरेर दशकौँ दशकको स्थानीयको सपना पूरा भएको पुजारी कछाडियाको भनाइ छ ।
सिम्रीबासीको नैतिक बलको सहयोगमा नै आफूले स्थानीयको अनुहारमा उज्यालो ल्याउन सफल भएको बताएका छन् । बिजुलीलाई व्यवसायसित जोड्न आग्रह गर्दै साँसद साहले सात किलोमिटर टाढाबाट अढाई सय बिजुलीको पोल गाडेर तार तान्दै ल्याएर गाउँमा बिजुली बाल्न चुनावको समयमा गरेको प्रतिबद्धता पूरा गरेको बताउँदा उपस्थित नरनारी, बालबालिका तथा ज्येष्ठ नागरिकले लामो समयसम्म अविराम थपडी बजाएका थिए ।
स्थानीयबासीको सामूहिक सबै आवाजलाई आफूले पूरा गर्दै जाने प्रतिबद्धता पनि साँसद साहले व्यक्त गरेका छन् । नागरिकको चाहना भएमा बजेट कहिल्यै पनि समस्या हुन नदिने बताउँदै साँसद साहले आफ्नो क्षेत्र र आफ्नो जिल्लालाई अगाडि बढाउन आफू दिनरात मिहिनेत गरिरहेको पनि बताएका छन् ।
जिल्लाको सबैभन्दा विकट ठाउँ मानिने सिम्रीलाई सम्पूर्ण आधुनिक सेवा र सुविधायुक्त पु¥याएर पर्यटकीय नगरीको विकास गर्न आफू अग्रसर रहेको साँसद साहको भनाइ छ । सिम्रीलाई आफूले विशेष महत्व दिएर प्रकृतिको सुन्दर गाउँलाई अझ सुन्दर बनाउन आफ्नो प्रयासमा गाउँलेहरुलाई साथ दिन साहले आग्रह गरेका छन् ।
प्रतिक्रिया