एनआरएन राष्ट्रिय समन्वय परिषद अमेरिकाको प्रेस विज्ञप्ती

इनेप्लिज २०७५ असार ४ गते १०:०६ मा प्रकाशित
प्रेस विज्ञप्ति
जुन १७ २०१८
गैर आवासिय नेपाली संघ र गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका द्धारा संयुक्त रुपमा क्यालिफोर्नियाको सनफ्रान्सिस्कोमा आयोजित विज्ञ भेला र एनआरएन अमेरिकाको सातौ साधारण सभा भव्य रुपमा सम्पन्न भएको छ । विज्ञ भेला मुख्य रुपमा यस क्षेत्रमा कार्यरत नेपाली समुदायका विज्ञहरुलाई नेपालको समृद्धिमा कसरी सहभागी गराउन सकिन्छ यसवारेमा केन्द्रित थियो । त्यहां विभिन्न क्षेत्रका विज्ञहरुको ३० वटा कार्यपत्र प्रस्तुत भएका थिए ।
उक्त कार्यक्रममा  नेपाल सरकारका मन्त्री, पुर्व मन्त्री, आईसीसी अध्यक्ष लगायत पदाधिकारहरु समेतको उपस्थिति थियो । विज्ञ भेला पछिका संक्षिप्त विवरण शनिवार सांझ जारी भईसकेको छ । यसको विस्तृत प्रतिवेदन केही समयमा तयार हुने छ ।
विज्ञ सम्मेलन र साधारण सभाको उद्घाटन समारोहमा नेपाल सरकारका मन्त्री रविन्द्र अधिकारीले भुतपुर्व र वर्तमान नेपाली भन्ने हुदैंन भन्ने अभिव्यक्तिले हामी उत्साहित भएका छौं । संविधानमा व्यवस्था भएको गैर आवासिय नेपाली नागरिकता सम्वन्धि व्यवस्था अनुसार ढिलोमा एक बर्षभित्र कानुन आउंछ भन्ने मन्त्रीज्यूको अभिव्यक्तिले पनि हामीलाई थप उत्साहित वनाएको छ । यो पुरा हुने छ भन्ने हाम्रो विश्वास छ ।
साधारण सभाका अवसरमा च्याप्टर फोरम पनि संचालन भएको थियो । यहां च्याप्टरवाट विभिन्न सुझावहरु आएका थिए । यसलाई हामीले सकरात्मक रुपमा लिएका छौं । साधारण सभा हुनु अघि कार्यसमितिको पुर्ण वैठक पनि वसेको थियो । बैंठकमा साधारण सभामा पेश हुने प्रतिवेदनहरु वारेमा विस्तृत छलफल गरी साधारण सभामा पेश गर्ने निर्णय भएको थियो ।
साधारण सभाले महासचिव बीआर लामा र कोषाध्यक्ष डा प्रकाश अर्यालद्धारा प्रस्तुत प्रतिवेदन स्विकृत गरेको छ । संस्थालाई अझ प्रभावकारी ढंगवाट अघि वढाउन साधारण सभाले केही विद्यानका व्यवस्था पनि परिवर्तन गरेको छ । महासचिव बीआर लामाले विद्यान संशोधन प्रस्ताव वैठकमा राख्नुभएको थियो । छलफल पछि बहुमत द्धारा विद्यान संशोधन गरिएको हो ।
साधारण सभाले निर्वाचन समिति पनि गठन गरेको छ ।
विज्ञ सम्मेलन र साधारण सभामा मन्त्री, पुर्व मन्त्री, महामहिम राजदुत डा अर्जुन कार्की, महावाणिज्यदूत, आईसीसी अध्यक्ष भवन भटट, पुर्व अध्यक्ष तथा संस्थापक जीवा लामिछाने, उपाध्यक्ष कुमार पन्त र कुल आचार्य लगायत पदाधिकारीज्यूहरु, आईसीसी र एनसीसीका सल्लाहकारज्युहरुको सकृय सहभागिता थियो ।  साधारण सभामा एनआरएन अध्यक्ष डा केशव पौडेल लगायतका पदाधिकारीको उपस्थिति थियो ।
विनोद कुमार  तिवारी
प्रवक्ता, एनआरएन राष्ट्रिय समन्वय परिषद अमेरिका

प्रतिक्रिया