एक्कासीको हावाहुरीले आधा दर्जन प्याराग्लाईडिङ तालमा खसे (भिडियो)

इनेप्लिज २०७५ जेठ २९ गते १०:५२ मा प्रकाशित

 

पोखरा । पोखरामा आइतबार दिउँसो एक्कासी आएको हावाहुरी सहितको पानीले फेवातालमा प्याराग्लाईडिङ खसेको छ । तालमा ३ वटा, नजिकै मालेपाटनमा २ वटा र मेथलाङको डाँडामा एउटा प्याराग्लाईडिङ खसेको प्रत्यक्षदर्शीले जनाएका छन् ।
मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । सराङकोटबाट उडेका प्याराग्लाईडिङ तालमा खसेका हुन् । उक्त दिन मात्रै सय भन्दा बढी प्याराग्लाईडिङ उडेका थिए । फेवातालमा छाल उठ्न थालेपछि डुंगा चलाउन समेत रोक लगाइएको थियो ।
भिडियो मा हेर्नुहोस पोखराको फेवातालमा पाराग्लाईडिङ खस्दा यस्तो देखियो ।

प्रतिक्रिया