विजय थापा ,वाशिंगटन डिसी ,जुन ६ ,बाल्टिमोर स्थित राधा गोविन्द पशुपतिनाथ मन्दिरमा हुने आगामी जुन १०-१६, २०१८ सम्म हुने श्रीमद्भागवत महापुराण को साप्ताहिक समय तालिका निस्केको छ ।
यसै गरि जुन १७, २०१८ मा हुन गहिरहेको श्री पशुपतिनाथ मन्दिरको समुदघाटन कार्यक्रमको पनि समय तालिका निस्केको छ । उक्त पशुपतिनाथ मन्दिरमा शिव लिङ्ग ,गणेश को मुर्ति तथा शिव पार्वती लगायत प्रतिमाहरु स्थापना गरि सकिएको भएता पनि शिव लिङ्क को आगामी जुन १७ तारिख देखि मात्र प्राण प्रतिष्ठा गरे पछि सार्बजनिक गरिने छ ।
गत जुन ३ तारिख शिव स्नान कार्यक्रममा सम्पन्न भएको थियो । स्मरण रहोस आगामी जुन १७ का दिन हुने समुद्घाटन समारोहको संयोजकमा डा बिशाल भण्डारी तथा जुन १० देखि १६ सम्म हुने सप्ताह महापुराणको लागि श्री राधा गोविन्द पशुपतिनाथका मन्दिरका संचालक समितिका सभापति श्रीवास दास संयोजक रहेका छन् ।
नेपालको पशुपतिनाथ मन्दिरमा जुन बिधि अनुसार पूजा आरधना हुन्छ सत प्रतिसत त्यहि प्रकृयाबाट यो मन्दिरमा गरिने छ । मन्दिर संगै कृष्ण मन्दिर ,बुढानिलकण्ठ को मुर्ति ,बुद्धको पार्क शान्ति उद्यान ,माउन्ट कैलाश अतिथि गृह ,हरि ओम फूल बगैचा समेत बनाउने योजना रहेको छ ।
मन्दिरको नित्य पूजा गर्न र मन्दिर उद्घाटन कार्य सु सम्पन्न गर्न पूजारीहरुमा पोखराका सूर्य आचार्य तथा गोर्खाका भिमराज कोइराला आई पुगेका छन् ।
महापुराण तथा समुद्घाटन कार्यक्रम जुन १० देखि जुन १७ सम्म यस्तोरहने छ । आईबार जुन १० तारिख ,पहिलो दिन ,१ बजे कलस यात्रा हुने छ । २ देख ४ बजे सम्म औपचारिक कार्यक्रम हुने भने ४ :१० देखि ४:४० सम्म महा प्रसाद बितरण रहने छ ।
४:४० डेकी ७ बजे सम्म भागवत गीता कथा कार्यक्रम हुने छ ।
यसै गरि सोमबार देखि शुक्रबार सम्म ,जुन ११ देखि जुन १५ ,५ दिन सम्म – बेलुका ६ बजे देखि ९ बजे सम्म भागवत कथा हुने छ । शनिबार अन्तिम दिन ,जुन १६ मा दिउसो ४ देखि ५ बजे सम्म संक्षिप्त भागवत कथा ,५ देखि ७ बजे सम्म आधिकारिक कथा समारोह रहने छ ।
प्रतिक्रिया