इनेप्लिज सम्वाददाता, वाशिङ्टन डिसी,सन्चारकर्मी सुनिल मणी दाहालले नेपाल अमेरिका पत्रकार सङ (नेजा) लाई आज बाई बाई गरेका छन । उनले नेजालाई लेखेको ईमेल आफ्नो फेसबुकमा पोष्ट गर्दै – नेजाको आसन्न निर्वाचनलाई प्रभावित गर्ने मनसायले नेजाबाट गठित सदस्यता छानविन समितीमा एउटा अनलाईन सन्चार केन्द्रमा कार्यरत पत्रकारहरुको बहुमत रहेको समिते गठन गरीएकोले त्यसमा कन्फ्लिक्ट अफ इन्ट्रेष्ट भएको आरोप लगाएका छन ।
सन्चारकर्मी दाहालले गत अप्रिल २१ का दिन नेजालाई लेखेको ईमेल अनुसार – कुनै निहित स्वार्थ पूर्तीका लागी यस किसिमको कमिटी गठन गरिएको हुन सक्ने म र म जस्ता स्वतन्त्र सदस्यहरुको ठहर छ । यस प्रकार गठित कमिटीबाट स्वतन्त्र र निस्पक्ष रुपमा कार्य हुने छ भन्ने कुनै आधार भेटिदैन र बिस्वास पनि छैन ।
म र म जस्ता सदस्यहरुलाई सदस्यता नविकरणका लागी समुहगतरुपमा व्यक्तिगत फोन गरिदै छ । यस अवस्थामा मैले मेरो सदस्यता नविकरण किन र के का लागी गर्ने ? म अन्योलमा छु ।
तपाईंहरु जो आगामी निर्वाचनका लागी प्रत्यासी हुनु हुने छ, तपाईंहरुलाई कुर्सीमा पुर्याउन , पछाडी बसेर ताली पटकाउन,तपाईहरुले गरेका अनेकौ गलत कृयाकलापहरुलाई लाह छाप ठोक्न , र चित्त नबुझे कुस्ती खेल्न कै लागी मैले मेरो सदस्यता नविकरण गर्नु पर्ने हो ?
हैन भने कोन्फ्लिक्त ओफ इन्तेरेस्ट भएको बर्तमान सदस्यता भेरीफिकेसन कमिटी बिघटन गरी निस्पक्ष कमिटी मार्फत कुनै गुट वा समूहको नाटक मन्चन नगरी सदस्यता भेरीफिकेसन गर्दै निर्वाचन गरीने प्रत्याभुती सबै साधारण सदस्यहरुलाई गराउन तपाईहरु सबैको ध्यानाकर्षण गराएको छु ।
आफ्नो आधिकारीक सिकायत उपर नेजाले बेवास्ता गरे पस्चात दाहालले पुन मे ११ मा फलोअप गर्दै नेजालाई यस प्रकार ईमेल मार्फत ध्यानाकर्षण गराएका थिए- – मैले तपाईहरुलाई गत अप्रिल २१ मा प्रेषित ईमेल (तल पुन प्रेषित ) को आधिकारिक रुपमा न त खण्डन गरेको पाए न त्यस उपर कुनै कार्यवाही नै । अब कुन आधारमा सदस्यता नविकरण गर्ने हो, म र म जस्ता धेरै सन्चारकर्मीहरु दोधारमा रहेको जानकारी गराउदछु र पुन यस उपर ध्यानाकर्षण गराउदछु ।
नेजाको सदस्यता नविकरणका लागी आज अन्तिम दिन हो , तपाई अब सदस्यता नविकरण गर्ने कि नगर्ने भनि सोधिएको प्रश्नमा दाहाल भन्छन – सदस्यता नविकरणका लागी ईमेल र फोन कलहरु दिनहु प्राप्त हुने गरेको तर प्रमूख मुद्दालाई बेवास्ता गर्दै सम्बोधन नगरेका कारण यस्तो म्याच फिक्सिमको घिनलाग्दो खेलमा आफु सामेल हुन कुनै पनि नैतिकताले नदिने बताए ।
आसन्न निर्वाचनकालागी म्याच फिक्सिङ गरेका प्रत्यासीहरुलाई कुर्सीमा पुर्याउन , पछाडी बसेर ताली पटकाउन, गरेका अनेकौ गलत कृयाकलापहरुलाई लाह छाप ठोक्न र चित्त नबुझे कुस्ती खेल्न कै लागी आफुले सदस्यता नविकरण नगर्ने निर्णय गरेको बताए ।
अन्तमा, आफु पौरखी भएर अगाडी बढनु होस्, नाम कमाउनु होस र नेपाल पत्रकार महासंघको झोला बोकेर हैन बरु त्यसलाई आफ्नो झोला बोकाउन सक्ने हैसियत बनाउनु होस । म आफु भने यस्तो अस्वस्थ अभ्यासबाट आफुलाई अलग राख्न चाहन्छु । नेजाका सम्पूर्ण सदस्य साथीहरुलाई मेरो शुभकामना ।
प्रतिक्रिया