अशोकको चर्चाबारे बिबाद : ‘सडकबाट ल्याएको’ भन्ने माथि आक्रोश, विस्तृतमा हेर्नुस् (भिडियो सहित)

इनेप्लिज २०७५ जेठ १ गते २१:१६ मा प्रकाशित
ईटहरी/ युट्युबबाट बाल गायकको रुपमा भाईरल भएका अशोक दर्जीको गीत यतिबेला देशबिदेशका नेपाली माझ लोकप्रिय बनिरहेको छ । अशोकले गाएको गीत ‘मन बिनाको धन’ ले सार्बजनिकको ६ दिनमै नेपालि युट्युब ईतिहासको सम्पुर्ण रेकर्डलाई आफ्नो पोल्टोमा हाल्न सफल भयो । यता उनलाई भाईरल बनाउन र उनको सहयोगमा जुट्ने दुई पत्रकारहरु किशोर श्रेष्ठ र बिबेक हिङ्गमाङ्ग भने असन्तुष्ट बनेका छन् । उनीहरु आफ्नो कुरा पहिलो पटक अन्तरबार्तामा सुनाउदै भाबुक समेत बने । विस्तृतमा हेर्नुस् अशोकलाई सुरुमा सहयोग गर्ने किशोर र बिबेक संग गरिएको भिडियो अन्तरबार्तामा ।
उनीहरुले टंक बुढाथोकी र डिजे रुपेशले केहि अन्तरबार्तामा भनेका भनाईहरुमाथि आपत्ति जनाएका हुन् । अशोकलाई एउटा गीत रेकर्ड गराउने व्यक्ति देशबिदेशमा हाई हाई हुने तर आफुहरुले त्यत्रो सहयोग गरेको कुराहरुलाई टंक र रुपेशले कतै नभन्दा आफूहरु ओझेलमा परेको किशोर र बिबेक बताउछन । आफुहरुले नै अशोकलाई यहा सम्म ल्याएका जस्ता अभिव्यक्तिले आफ्नो साथ र सहयोगले न्याय नपाएको गुनाशो उनीहरुको छ ।

प्रतिक्रिया